ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत अस्पताललाई रू. २ करोडका उपकरण सहयोग

२०७८ पौष, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वत अस्पताललाई करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तरराष्ट्रिय अन्तर्गत पर्वत जिल्लामा क्रियाशील आठओटा लायन्स तथा लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तरराष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग पर्वत अस्पताललाई गरिएको छ ।

उक्त सामग्री ल्याउन प्रतिनिधिसभा सदस्य सांसद पदम गिरी र कुश्मा नगरपालिकाको तर्फबाट पनि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लबहरूको तर्फबाट १ करोड १६ लाख ३८ हजार, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रम अन्तर्गत विनियोजित ३५ लाख, कुश्मा नगरपालिकाको १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबहरूको जोड कोष ३३ लाख २५ हजार रुपैयाँ साझेदारीमा लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए ।  

पर्वत अस्पतालको माग अनुसार १२ प्रकारका १३ थान मेडिकल उपकरण र ४ प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दातृसंस्थाले बताएका छन् । अत्याधुनिक एक्सरे, ईसीजी मेशिन, भेन्टिलेटर, अप्रेशन थिएटर, आईसीयू बेड लगायतका सामग्री लायन्स क्लब अन्तरराष्ट्रियका पूर्व अन्तरराष्ट्रिय निर्देशक सञ्जय खेतान तथा साँसद पदम गिरीले संयुक्त रूपमा अस्पताललाई हस्तान्तरण गरेका हुन् । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कर्माचार्यले उक्त सहयोगले सेवा प्रवाह सहज हुने बताएका छन् ।  यस्तै लायन्स क्लब अन्तरराष्ट्रियका पूर्व अन्तरराष्ट्रिय निर्देशक खेतानले लायन्स क्लब निःस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताए ।

पर्वत अस्पतालमा सुविधासम्पन्न नयाँ भवन समेत निर्माण सम्पन्न हुने चरणमा छ । अत्यावश्यक एवं महŒवपूर्ण उपकरण जुटेको अस्पतालमा दरबन्दी अनुसार चिकित्सकको भने अभाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)