ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातका लागि ५ महीनामा रू. ८ खर्ब ३८ अर्ब बाहिरियो

रू. १ खर्ब २ अर्ब मात्रैको निर्यात, व्यापारघाटा रू. ७ खर्ब ३५ अर्ब ४८ करोड पुग्यो

२०७८ पौष, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो ।

पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ ।

यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महीनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महीनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महीनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महीनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्पm आयात प्रतिस्थापन गर्ने र अर्काेतर्फ निर्यात वृद्धि गर्न सकिन्छ ।

‘माग विस्तारका कारण आयात धान्न नसक्ने देखियो’
पछिल्लो ५ महीनाको आँकडा हेर्दा निर्याततर्फ सुधार नै भएको देखिन्छ । गत आवमा निर्यात १ खर्ब नाघेको छ । यो पहिलोपटक भएको हो । चालू आवको छोटो समयमै १ खर्ब नाघिसकेका छौं । यही गतिमा जाने हो भने २ देखि अढाइ खर्बको हाराहारीमा यो आर्थिक वर्षमा निर्यात हुने देखिन्छ । तर, आयात त्यो भन्दा ठूलो गतिमा बढेर गएको छ । हाम्रो आयमा जुन विस्तार भएको छ, त्यसले बजारमा माग पनि विस्तार भएको देखिन्छ । मागमा आएको विस्तारले आयात धन्न नसक्ने अवस्था आएको देखियो ।

अहिले बजारमा चार खाले वस्तुको बढी माग देखिन्छ । त्यो हो, उपभोग्य वस्तु, विलासिताका वस्तु, औद्योगिक कच्चापदार्थ र पूँजीगत लगानीका लागि आउने वस्तुको माग । यीमध्ये विलासिताका वस्तुहरूको माग बढ्नु हाम्रो लागि राम्रो होइन । आयात बढ्नुमा पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य वृद्धि पनि कारण रहेको देखिन्छ ।

पूँजीगत लगानीमा आएका वस्तुहरूमा आएका समाग्रीले समेत व्यापारघाटामा सघाउ पुर्‍याएको छ । त्यसले भोलिको दिनमा हामीलाई ‘रिटर्न’ दिने भएकाले आत्तिनु पर्दैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)