ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जहाज थप्दै वायुसेवा कम्पनीहरू

यतिले १ वर्षभित्रै ४ जहाज थप्दै

२०७८ पौष, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य विस्तारमा पनि अग्रसर देखिन थालेका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरका साथसाथै आप्mनै ब्रान्ड फर्किएको गुण एयरलाइन्सले समेत जहाज थप्ने र नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेका छन् ।

कोरोना भाइरस संक्रमण उच्च हुँदा आन्तरिक उडानसमेत बन्द गरिएको र यो अवधिमा निजी वायुसेवा कम्पनीले रू. २५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, कोरोना भाइरसको संक्रमण कम हुँदै आएपछि उड्डयन क्षेत्रले गति लिन थालेको छ ।

हवाई क्षेत्रले गति लिन थालेपछि निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज ल्याउने योजना अघि बढाएका छन् । शनिवार मात्रै श्री एयरलाइन्सले एउटा जहाज ल्याएको छ ।

उक्त कम्पनीका प्रवक्ता अनिल मानन्धरले जहाज ल्याएपछि नयाँ गन्तव्य सुर्खेत, तुम्लिङटार र भरतपुरमा उडान गरिने जानकारी दिए । शनिवार राति टर्बाेप्रोप जहाज नेपाल ल्याइसकेको र अर्काे जहाज जनवरी महीनाभित्र आइपुग्ने जानकारी उनले दिए ।

अहिले जहाजको संख्या कम भएको र बजारमा माग पनि बढेको हुँदा जहाज थपिएको उनको भनाइ छ । हवाई सेवामा दोस्रो बजार अंश ओगटेको यति एयरलाइन्सले पनि सन् २०२२ अर्थात् अबको १ वर्षभित्र ४ ओटा जहाज थप्ने तयारी गरेको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अबको ४/५ महीनाभित्र दुईओटा जहाज ल्याउने र १ वर्षभित्रमा थप २ गरी चारओटा जहाज किन्ने तयारी गरिएको जानकारी दिए ।

२०२२ मै चारओटा जहाज थप्ने तयारी गरेको यतिले एटीआर जहाज ल्याउनेछ । यसमध्ये २ ओटा एटीआर–४७ र २ ओटा एटीआर–७२ जहाज हुन् । पहिलो चरणमा ल्याउने दुईओटा जहाज भने एटीआर–४७ र एटीआर–७२ रहेको बर्तौलाले जानकारी दिए । यतिसँग ७२ सीट क्षमताका पाँचओटा एटीआर जहाज छन् ।

आन्तरिक उडानमा दोस्रो स्थानमा रहेको यतिसँग जहाजको संख्या घटेपछि सन् २०२२ भित्र नै ती जहाज थप्दै छ । ‘जहाज थपेसँगै गन्तव्य विस्तार गर्ने योजना पनि छ,’ बर्तौलाले भने, ‘साथै हामीले उडान गर्न नसकेका गन्तव्यमा पनि उडान विस्तार गर्नेछौंं ।’ यतिले जहाजको संख्या घटेपछि नियमित उडान गर्दै आएको भरतपुर र तुम्लिङटार उडान गर्न सकेको छैन । जहाज आएपछि ती दुई गन्तव्यमा निरन्तर उडान हुने उनले बताए ।

यसैगरी नयाँ गन्तव्य सुर्खेत र धनगढीमा उडान गर्ने योजना रहेको उनको भनाइ छ । भगिनी संस्था तारा एयरका गरी यतिसँग १० ओटा जहाज थिए । तर, ताराका पाँचओटा जहाज गुण एयरलाइन्सलाई विक्री गरेपछि यतिका जहाजको संख्या घटेको हो ।

आन्तरिक उडानतर्फ दोस्रो बजार अंश ओगटेको यतिसँग जहाजको संख्या घटेपछि बजारअंश पनि घटेको छ । जहाज विक्री नहुँदासम्म ३१ प्रतिशत बजार अंश रहेको तर जहाजको संख्या पनि घटेपछि उसको बजार अंश २४ प्रतिशतमा सिमित भएको छ । विदेशी पर्यटक नआए पनि नेपाली यात्रु तथा आन्तरिक पर्यटकबाट नै उड्डयन क्षेत्र टिक्न सक्ने स्थिति देखिएको बताए । आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पनि थप चारओटा जहाज ल्याउने योजना अघि सारिसकेको छ । दुर्गम क्षेत्रलाई लक्षित गरेर उडान गर्ने योजनाअनुसार कम्पनीले १९ सीटे ट्वीनअटर जहाज ल्याउने तयारी गरेको हो । नयाँ गन्तव्य थपिँदा र क्षेत्रीय उडानहरू गर्दा पनि दैनिक ३÷४ ओटा प्mलाइट हुने भएकाले जहाज थप्न निजीक्षेत्रका एयरलाइन्स कम्पनीहरू अग्रसर देखिएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)