ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै

नुवाकोट मात्रै देखिने डाँडामा डोजर लगाएपछि आनाकै २० लाख रुपैयाँ मूल्य ! प्लटिङ गर्नुअघि भने ५ लाख मात्रै

२०७८ पौष, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अमर बडुवाल

पुस २६, काठमाडौं। पछिल्लो वर्ष कोभिडका कारण शान्त रहेका उपत्यकाका डाँडाकाँडा यतिबेला भने डोजर आतंकले अशान्त बनेका छन् ।

डाँडाकाँडामा डोजर लाग्नुको कारण कुनै विकास निर्माणका कामका लागि भने होइन । बरु उपत्यकामा विनास ल्याउनको लागि ती डोजरहरु दिनरात लागिपरेका छन् ।

प्लटिङको लागि भीर काटेर सम्म बनाउने नाममा कतै पहिरोको जोखिम बढेको छ भने कतै खोला थुनेकाले बाढीको जोखिम पनि बढेको छ। पछिल्ला वर्षहरुमा काठमाडौं भित्र बग्ने बागमति, विष्णुमति, हनुमन्ते लगायतका नदिमा आएको बाढीको कारण पनि अव्यवस्थित बसोबास नै रहेको थियो ।

उपत्यकामा अहिले काठ क्षेत्रका जग्गाहरु पनि सबै भरीभराउ भइसकेका छन् । काठमाडौंमै घरुजग्गा जोड्ने मानिसहरुको चाप भने घटेको छैन । यसै कारण अहिले काठमाडौंको केन्द्रबाट १५/२० किलोमिटर टाढा सम्म पनि धमाधम प्लटिङ भइरहेको देख्न सकिन्छ ।

उपत्यका विकास प्राधिकरणबाट अनुमति नै नलिएर अनधिकृत रुपमा गरिएका यस्ता प्लटिङका कारण एकातिर वातावरणमा प्रतिकुल असर पारेको छ भने जग्गा खरिद गर्ने उपभोक्ताहरु पनि ठगिदै गएका छन् । पछिल्लो समय त काठमाडौं भनेर काठमाडौं नै नदेखिने ठाउँसम्म पनि जग्गा प्लटिङ फैलिएको छ ।

नुवाकोट मात्रै देखिने ठाउँमा पनि आनाको २० लाख !

काठमाडौं उपत्यकामा जग्गा किन्नेहरुको चाप थेग्न नसकेर अहिले काठमाडौं जिल्लामा पर्ने तर उपत्यका नदेखिने ठाउँ सम्म जग्गा प्लटिङ फैलिएको छ ।

त्यस्तै मध्येको एक ठाउँ हो मुड्खुभन्ज्याङ । मुड्खुभन्ज्याङ क्षेत्रमा अहिले डाँडै पिच्छे डोजर चलिरहेको देख्न सकिन्छ । जंगलको बीचमा, खोलाको छेउमा, प्रसारणलाइनको मुनी कतै पनि ठाउँ खालि नछोडेर प्लटिङ भइरहेका छन् ।

यी ठाउँमा पनि प्लटिङ गरिएका जग्गाको मूल्य भने आनाकै २० लाख रुपैयाँ सम्म तोकिएको छ । बालाजु-नुवाकोट सडकबाटै जानुपर्ने यी ठाउँमा प्रति आना ४/५ लाख रुपैयाँले किनेका जग्गामा डोजर लगाएर आनाको १५/२० लाख रुपैयाँ मूल्य तोकेको पाइएको छ ।

‘पहिले पहिले भन्ज्याङ वारी उपत्यका देखिने ठाउँपट्टि मात्रे जग्गा प्लटिङ हुन्थे। यता आनाको १०/१२ लाख चल्दा भन्ज्याङ पारीपट्टि भने ३/४ लाख रुपैयाँ हाल्न पनि मान्छे नै आउथेनन् ।’ मुड्खुकी जग्गा व्यवसायी सिता तामाङले भनिन्, ‘अहिले काठमाडौं देखिने ठाउँपट्टि आनाको २०/२५ लाख भन्छन् । यता नुवाकोट मात्रै देखिने ठाउँमा पनि आनाको १५/२० लाख भन्न थालिसके ।’

प्लटिङ नभएको ठाउँमा डाँडापारी पट्टि अहिले पनि आनाको ५/६ लाख रुपैयाँमा जग्गा विक्री हुन्छ । तर प्लटिङ गर्ने वित्तीकै उक्त जग्गाको मूल्य १५ देखि २० लाख रुपैयाँ भन्ने गरेको मुड्खुका स्थानीय नारायण आचार्यले बताए ।

जंगलको वीचमा गरिएको प्लटिङ देखाउँदै आचार्यले भने- ‘यो जग्गा आनाको ५/६ लाखका दरले किनेको हो । अहिले आनाको १५ का दरले बेच्दै छन् । यो माथिल्लो प्लटिङमा त आनाको १८/१९ लाख भनिरहेका छन् ।’

आचार्यले देखाएका दुवै ठाउँबाट काठमाडौं उपत्यका देखिदैन, नुवाकोटको सिसडोलामा थुप्रीएको फोहोर मात्रै देखिन्छ ।

कतै डाँडा काटेर खोलानाला भरान, कतै बालुवा माथि ढलान

भन्ज्याङ वरपरका अन्य डाँडामा पनि यतिबेला डाँडै पिच्छे डोजर लागेको देखिन्छ । डाँडा काटेर सम्म देखाउन कतै खोलानाला नै थुनिएको छ भने, कतै डाँडा काट्दा बलौटे माटो मात्रै निस्किएपछि त्यसमा ढलान गरिएको छ । भीरालो जमीनमा गरिएका प्लटिङमा पुछार तिरका जग्गा सबै भरान माटोको भरमा छोडिएका छन् । त्यसमाथि बलौटे माटो रहेको ठाउँमा त पुछार तिरका जग्गामा घर बनाउनै मुस्किले हुने स्थानीयहरु बताउँछन् ।

डाँडा काटिएको ठाउँमा त राम्रै घर बनेपनि तल तल माटो मात्रै भरिएको ठाउँमा भने जग हाल्ने माटो पनि नभेटिने सम्भावना रहेकोले यस्तो ठाउँमा ठूलो घर बनाउन नसकिने आचार्यले बताए ।

एउटा प्लटिङमा डोजरले गेटको लागि पोल गाड्न खाल्डो खनिरहेको थियो । तर खाल्डोबाट भने बलौटे माटो मात्रै निस्किरहेको थियो। व्यावसायिले भने उक्त बलौटे माटोमाथि नै धमाधम ढलान गरेर बाटो बनाईरहेका थिए । प्लटिङ गरिएको सबै ठाउँमा ढलान बाटो बनिसकेको थियो । गेट निर्माणपछि कोही व्यक्ति जग्गा हेर्न पुगे  बाटो देखेर आनाको १९/२० लाख रुपैयाँ हाल्न तयार पनि होलान् । तर घर बनाउने बेलामा भने उनीहरुले सास्ती भोग्नु पर्ने देखिन्छ ।

यो पनि पढ्नुस- काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?

काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ !

जग्गाको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप कति आवश्यक ? यसरि नै मूल्य बढे ५ वर्षपछि विकास निर्माण ठप्प !

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्ने तयारी

अब स्थानीय तहका केन्द्रबाटै मालपोत कार्यालयका सेवा दिने तयारी

तपाईले किनबेच गर्ने घरजग्गाको वैज्ञानिक मूल्य कति ? आम्दानीअनुसार यसरि निकाल्नुस मूल्य

आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)