ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२८०० विन्दु नजिक नेप्से

२०७८ पौष, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको धितोपत्र बजार सोमवार २ हजार ८०० विन्दुनजिक पुगेको छ । यस दिन १९ दशमलव ४३ अंकले समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेर २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । नेपालको धितोपत्र बजारको इतिहासमा ३ हजार २०० विन्दुमाथि पुगेको बजार केही समय घटेर मङ्सिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको थियो ।

कोभिडका कारण देशभरका अन्य व्यावसायिक क्षेत्रहरू सञ्चालनमा नआउँदा पूँजीबजार सबैको लगानीको क्षेत्र बन्दा पनि बजार सकारात्मक बनेको थियो । यतिबेला फेरि पनि कोभिडको तेस्रा लहरले विश्व त्रस्त बनेको छ । यस अघि कोभिडकै बीच गति लिएको बजारले अब पनि सोही गतिलाई पच्छ्याउने अनुमान लगानीकर्ताको रहेको छ ।

अनुभवी लगानीकर्ता दीपेन्द्र अग्रवालले यतिबेला लगानीकर्ताको मनोबल गिराउने खालका नकारात्मक विषय नभएकाले बजारमा सकारात्मक प्रभाव परेको बताए । ‘यतिबेला लगानीकर्ताहरूलाई न त मार्जिन कलको त्रास छ न मार्जिन कर्जा सीमाको समस्या छ,’ उनले भने, ‘यी सबै समस्याबाट पन्छिसकेका लगानीकर्ता अहिले ढुक्क भएर लगानी गरिरहेका छन् ।’ लगानीकर्ताको संख्यामा वृद्धि भई ४८ लाख पुगिसकेकाले यी लगानीकर्ताको मनोबलमै बजार बढ्ने र घट्ने निर्भर रहेको टिप्पणी अग्रवालले गरे । बजारले यसअघिको उच्च विन्दु ब्रेक गरेमा त्यसभन्दा माथिकै विन्दु कायम हुने विश्वास अग्रवालको छ ।

नेपालको इतिहासमा भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको थियो । त्यसपछि घट्न थालेको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको थियो । नेप्से परिसूचक उच्च अंकदेखि ९१६ दशमलव ९३ अंकले घटिसकेको अवस्थामा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको थियो । कारोबार रकम पनि घट्दै गएकामा त्यसमा समेत सुधार आएकाले बजारले सकारात्मक गति लिने विश्वास लगानीकर्ताको रहेको छ ।

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात कुल बजार पूँजीकरणमा पनि हालसम्मकै उच्च रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । मङ्सिर २७ गते कुल बजार पूँजीकरण रू. ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको थियो । पुस २६ गते भने नेपालको धितोपत्र बजारको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५२ हजार पुगेको छ । मङ्सिर २७ गतेको तुलनामा पुस २६ गतेसम्म लगानीकर्ताहरूको सम्पत्तिको मूल्य रू. ७ खर्ब २६ अर्ब ५० करोडले वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)