ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पको इपिसेन्टर बारपाकमा गाउँपालिकाको सिंहदरवार, ६० रोपनी जग्गामा ५ करोड खर्चेर तयार*

२०७८ माघ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बारपाक सुलिकोट, गाउँपालिका कार्यलय 
author avatar गणेश सुवेदी

माघ ११, काठमाडौ। २०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक हाल चिटिक्क परेको छ। गाउँ - गाउँको सिहदरवार भनिएको स्थानिय सरकारले जनजिविका र विकासमा कत्तिको सिहदरवारको झल्को दियो त्यो बेग्लै पाटो हो। तर बारपाक सुलिकोट गाउँपालिकाको पालिका कार्यलय भने सानो सानो सिहदरवार भन्दा फरक छैन।

 
रातो र सेतो रङले पोतिएको यो भवन चिटिक्क र आकर्षक  देखिन्छ। कुनै स‌घिय मन्त्रालयको भवन भन्दा कम छैन यो भवन। देश स‌घिय सरचनामा गएपछि धेरै पालिकाहरुका प्रशासनिक भवन बनेका छन भने केहि बन्ने क्रममा समेत छन्। तर यसरी आकर्षक र चिटिक्क परेको भवन सायदै अन्त होलान। बारपाक सुलिकोट गाउँपालिकाले आफ्ना प्रशासकीय कार्य सम्पादन गर्नका लागि यो भवन निर्माण गरेको हो ।


गोरखाको भिरालो जमिन, उच्च डाँडो, डाँडाको टुप्पोमा चिटिक्क परेको आकर्षक भवन । झट्ट हेर्दा दरवार जस्तै देखिने यो भवन भित्र १६ वटा हल रहेका छन्। पछि आश्यक्ता अनुसार पाटेसन गर्न सकियोस भनेर २ कोठा बराबर १  हल हुने गरि फिनिसिङ गरिएको छ।  भवनको तीन तर्फ  बाहिर निस्कने ढोका  बनाइएको छ । तीन तलाको भवनमा सबै कोठा हल जस्तै ठूला बनाइएको  गाउँपालिकाका ईन्जिनियर अविनव गौतमले बताए । 


हालको ६ न वडामा भाडाको घरबाट सेवा सञ्चालन गरेको गाउँपालिकाले ६० रोपनी जग्गा खरिद गरि भवन निर्माण शुरु गरेको थियो। गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । 


भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । निर्धारित समय भन्दा ढिलो निर्माण सरु भएको निर्माणको काम २०७७ कार्तिक बाट शुरु भएको थियो। ठेकेदार कम्पनीले सम्झौता गरे अनुसार नै काम सक्काएको हो । कम्पनीले २०७८  मंसिर २१ गते भवन निर्माण सम्पन्न गरेको थियो । 


भवन निर्माणको बाहिरी काम सकिएता पनि भित्रि काम अभै बाँकी रहेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ईश्वरी प्रसाद पनेरुले बताए । ‘भित्री डेकोरेसनको काम भईरहेको छ, सकिने बित्तिकै नयाँ भवन बाट सेवा शुरु गर्छौ,’ उनले अभियानसँग भने ।

भवन हस्तान्त्रण भइनसकेको र डेकोरेसनको काम समेत बाँकी रहेकोले हाल गाउँपालिकाको पुरानै टसको भवन बाट कार्यसम्पादन भईरहेको पनेरुले जानकारी दिए । 


गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्व बोकेको गोरखा अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचखुवा देउराली  र पन्द्रुङ गा .वि. स. समावेश गरिएको छ ।  


बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक ऐतिहासिक र पर्यटकिय  रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माई भगवती जस्ता सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भूमि यस गाउँपालिकाको चिनारी हो । 


बहुउद्देश्य सभाहल निर्माण हुँदै 
गाउँपालिका भवन नजिकै अर्को बहुउद्देश्य सभा हल पनि निर्माण भइरहेको छ । महिला र पुरुष चेन्जिङ रुम, शौचालय र एक सय १० जना अट्न सक्ने क्षमताको सभाहल निर्माण भइरहेको उनले बताए ।  उनका अनुसार माघ मसान्तसम्म भवन निर्माण कार्य सकिने बताएईको छ ।

*हेडलाइन परिवर्तन गरिएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)