ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा उत्साह : स्थानीय निर्वाचनले तरलता सहज बनाउने विश्वास

२०७८ माघ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो ।

यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पच्छ्याउने विश्वास फुल्लेलको छ ।

बजार निरन्तर घट्दा सस्तोमा शेयर उठाउन सक्रिय हुने लगानीकर्ताको स्वभावले पनि आइतवारको बजार सकारात्मक बनेको फुल्लेलको बुझाइ छ । आगामी चुनावले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता भित्रिने विश्वास लगानीकर्तामा देखिएको फुल्लेलले बताए ।

आइतवार अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ । गत बिहीवार रू. ३ अर्ब ३४ करोड ३४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । आइतवार भने रू. ६ अर्ब ३२ करोड ४२ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

कुल कारोबार रकममा अपि पावरको सर्वाधिक अंश रहेको छ । अपि पावरको यस दिन रू. २६ करोड १५ लाख १६ हजार बराबरको शेयर खरीद
विक्री भयो ।
बजार उच्च अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि एकै दिन रू. १ खर्ब ४९ अर्ब १६ करोडले बढेको छ । गत बिहीवार रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रू. ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख पुगेको छ ।

आइतवार सबै समूहगत परिसूचकहरू बढेका छन् । यस दिन विकास बैंक र लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् । विकास बैंकको समूहगत परिसूचक यो दिन सर्वाधिक ६ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक सर्वाधिक दोस्रोमा ६ दशमलव ३५ प्रतिशत बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)