ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एचआईडीसीएललाई वित्तीय संस्थाका रूपमा काम गर्न अनुमति

२०७८ माघ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । ऊर्जासम्बन्धी आयोजनामा सह–वित्तीयकरणमार्फत गरिने ऋण लगानीमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अगुवाइ (लिडर) कै रूपमा काम गर्न पाउने भएको छ । आइतवार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै सह–वित्तीयकरणमा एचआईडीसीएललाई मुख्य अगुवाइकै रूपमा काम गर्न बाटो खुला गरिदिएको हो । यसअघि एचआईडीसीएलले ऊर्जासम्बन्धी आयोजनाहरूमा बैंकहरू नेतृत्वमा सहायक रूपमा मात्रै ऋण लगानी गर्दै आएको थियो । अब भने एचआईडीसीएलले सह–वित्तीयकरणमा आफैले अगुवाइ गरेर आयोजनाहरूमा ऋण लगानी गर्न सक्नेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता संस्थासँग पनि सह–वित्तीयकरण गरेर ऋण लगानी गर्न पाउनेछ ।

एचआईडीसीएल एक्लैले पनि आयोजनामा ऋण लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन एचआईडीसीएलका लागि पनि लागू हुने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले एचआईडीसीएललाई वित्तीय संस्थाका रूपमा काम गर्न अनुमति दिएको बताए ।’

‘एचआईडीसीएल ऊर्जाक्षेत्रको विशेष लगानी कम्पनी हो । त्यसैले कम्पनीलाई वित्तीय संस्थाका रूपमा काम गर्नका लागि अनुमति दिएका हौं,’ अब कम्पनी पनि राष्ट्र बैंकको नियमनमा आएको उनको भनाइ छ । एचआईडीसीएल ऊर्जाक्षेत्रमा लगानी गर्न स्थापना भएको सरकारी स्वामित्वको कम्पनी हो । कम्पनीले पहिलदेखि नै वित्तीय संस्थाको रूपमा काम गर्न दिन माग गर्दै आएको थियो । कम्पनीको सोही मागअनुसार नै आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले राष्ट्र बैंकको निर्णय स्वागतयोग्य भएको बताए । ‘हामीले पहिलेदेखि नै एचआईडीसीएललाई राष्ट्र बैंकको नियमनमा राख्न भनेका थियौं, अहिले आएर त्यो पूरा भएको छ,’ उनले भने, ‘हामीलाई निमयन गर्ने कुनै पनि निकाय नहुँदा कामहरू पनि त्यति राम्रो भएको थिएन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)