ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग खोल्नका लागि सिमरा सेजका ६८ प्लट तयार

२०७८ माघ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । नेपालको दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) सिमरामा उद्योग व्यवसाय सञ्चालन गर्न ६८ ओटा प्लट तयार भएका छन् । रू. ३ अर्ब लगानी भइसकेको बारास्थित उक्त सेज सञ्चालनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीलाई प्रस्ताव पेश गर्न आह्वान गर्ने तयारी गरेको छ । विशेषगरी गार्मेन्ट उत्पादनलाई लक्षित गरेर बनाउने घोषणा गरिएको सिमरा सेजमा सबैखाले उद्योगहरू खोल्न पाइने गरी प्राधिकरणले अबको १ महीनाभित्रमा उद्योगीहरूलाई व्यवसाय सञ्चालन गर्न आ⋲वान गर्दै छ । नेपालको पहिलो सेज भैरहवा पूर्ण सञ्चालनमा आइनसकेका बेला प्राधिकरणले सिमरा सेज सञ्चालनको तयारी गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सिमरा सेजमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

सेजसँग जोडिएका अन्य पूर्वाधारहरू ढल निकास, पानी, सडक निर्माण सम्पन्न भइसकेको छ, आन्तरिक विद्युतीकरणका लागि आवश्यक काम भइरहेको छ । सेजका लागि तत्काल १५ मेगावाट विद्युत् आवश्यक पर्ने उनको भनाइ छ ।

सिमरा सेजमा सर्भिस, प्रशासनिक भवनहरू पनि बनिसकेका छन् । भैरहवा सेजमा उद्योगी नआएको अवस्थामा सिमरा सेज पूर्णरूपमा सञ्चालन हुनेमा आशंका देखिएका बेला उनले भने, ‘भैरहवा सेज जस्तै नहोस् भनेर ऐन संशोधन गर्दै छौं, लगानीमैत्री बनाउनुपर्छ भनेर निर्यात प्रतिशतको सिलिङमा हेरफेर, भाडाको दरमा पुनरवलोकनजस्ता विषय छलफलमा छन् ।’

सिमरा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव गर्ने उद्योगी तथा व्यवसायीहरूसँग प्राधिकरणले शुरूमै प्रोजेक्ट वर्क पनि माग गर्ने तयारी गरेको छ । ‘सेजमा उद्योगीहरूको जग्गा हुँदैन, त्यसैले प्रोजेक्टका लागि प्रोजेक्ट लोन (परियोजना ऋण) दिलाउने व्यवस्थामा छलफल गर्दै छौं,’ भट्टले भने, ‘सेज नै ग्यारेन्टी बसिदिन्छ, ।’

यो व्यवस्थाले सेजमा उद्योग सञ्चालन गरेका उद्योगीहरूले ऋण तिर्न नसकी डिफल्टर भएमा बैंकले नै उद्योगको सम्पत्ति टेकओभर गर्ने र उद्योग सञ्चालन गर्न इच्छुक अर्को उद्योगी तथा व्यवसायीलाई आह्वान गर्न सक्नेछ । यसले उद्योगीले उद्योग सञ्चालन गर्न नसकेमा सेजमा उद्योग नै बन्द हुनेभन्दा पनि अर्को उद्योगीले त्यहाँ प्रवेश पाउने वातावरण बन्ने र सेजमा उद्योगको सञ्चालन भइरहने अवस्था हुनेछ । सिमरा सेजमा पाँचओटा ब्लक भए पनि अहिले ब्लक ए सञ्चालन गरिने र अन्य निजीक्षेत्रलाई सञ्चालन गर्न दिने नीति ल्याउने उनको भनाइ छ । ब्लक ‘ए’सहित सिमरा सेज ८१४ विगामा पैmलिएको छ । सरकारले निर्यात प्रवद्र्धन र व्यापारघाटा कम गराउनुका साथै देशमै रोजगारी सृजना गर्न सातओटै प्रदेशसहित मुलुकभर १४ ओटा सेज घोषणा गरेको छ । हालसम्म जम्मा भैरहवा सेज सञ्चालनमा आएको छ भने सिमरा आउने क्रममा छ । भैरहवा सेजमा जग्गाबाहेक रू. ८० करोड लगानी भइसकेको छ भने हाल उक्त सेजमा जम्मा ६ ओटा प्लटमा उद्योग सञ्चालन छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Deepak kumar jha

[Feb 6, 2022 03:48am]

Sez को ललाई फकाई मा koi पनि उद्योगी न parnu होला hami शक्ति minerals pvt. Ltd bhairwa sez मा पीडा भोगिरहेका jowalant उदाहरण हो.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)