ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूको ब्याजदरको भद्र सहमति तोडियो

२०७८ माघ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वाणिज्य बैंकहरूबीच ब्याजदर निर्धारण सम्बन्धमा हुँदै आएको भद्र सहमति तोडिएको छ । नेपाल बैंकर्स संघले शुक्रवार ब्याजदर निर्धारण गर्ने सम्बन्धमा यसअघि भएका भद्र सहमति तोड्दै बैंकहरूलाई आफ्नै ढंगले ब्याजदर निर्धारण गर्न दिने निर्णय गरेको हो ।

बैंकहरूले आगामी महीनाका लागि चालू महीनाको अन्तिम दिन अर्थात् सम्बद्ध महीनाको १ गते नै नयाँ ब्याजदर निर्धारण/सार्वजनिक गर्नुपर्ने हुन्छ ।

त्यसअनुसार वाणिज्य बैंकहरू फागुन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर निर्धारण गर्ने तयारीमा छन् । उक्त सन्दर्भमा बैंकर्स संघले यस्तो निर्णय गरेको हो ।
यसअघि बैंकर्स संघको नेतृत्वमा नै वाणिज्य बैंकहरूबीच भद्र सहमति हुँदै आएको थियो । बैंकर्स संघमा ब्याजदर बढाउने सहमति भएपछि बैंकहरूले सोहीअनुसार नै ब्याजदर बढाउने गर्दथे । बैंकर्स संघमा घटाउने सहमति भएमा बंैकहरूले सोहीअनुसार नै ब्याजदर घटाउने गर्दथे । ब्याजदर स्थिर राख्ने निर्णय गरेमा पनि बैंकहरूले सोहीअनुसार नै ब्याजदर स्थिर राख्दथे । तर, यसपालि भने बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने मामिलामा बैंकहरूलाई खुला छोड्ने निर्णय गरेको छ । यद्यपि, ब्याजदर निर्धारण गर्ने विषयमा राष्ट्र बैंकले तोकेको मापदण्ड भने पूरा गर्नुपर्ने छ ।

संघका अध्यक्ष अनिलकुमार उपाध्यायले ब्याजदर निर्धारण गर्ने विषयमा बैंकहरूलाई खुला छोडिएको बताए । अब बैंकहरूले राष्ट्र बैंकले तोकेको परिधिभित्र रहेर आफ्नो आवश्यकताअनुसार ब्याजदर निर्धारण गर्न सक्ने उनको भनाइ छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएपछि बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाउँदै आएका छन् । तर पनि बैंकहरूमा पर्याप्त मात्रामा निक्षेप भने आउने गरेको छैन । त्यस अवस्थामा बैंकहरूलाई आफ्नो आवश्यकताअनुसार ब्याजदर निर्धारण गर्न दिने निर्णय भएको उपाध्याय बताउँछन् ।

‘ब्याजदर बढाउँदा पनि बैंकहरूमा सोचेअनुसार निक्षेप बढेन । उल्टै खर्च बढेको छ,’ उनले भने, ‘त्यो ब्याजदर बढाउने मात्र निर्णय गर्दा केही बैंकलाई मर्का पर्न पनि सक्छ । ब्याजदर घटाउने अवस्थामा पनि छैन, ब्याजदर बढाए निक्षेप बढी हाल्छ कि भन्ने आश पनि छ । त्यसैले यसपालिलाई बैंकहरूलाई स्वविवेकमार्फत ब्याजदर निर्धारण गर्न दिने निर्णय गरेका हौं ।’

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंकहरूले आफ्नो क्षेत्रको औसत ब्याजदरको १० प्रतिशतको दरले मात्र नयाँ ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ । विकास बैंकहरूले पनि फागुनका लागि ब्याजदर बढाउने निर्णय गरेको बताइएको छ ।

हाल विकास बैंकहरूका औसत ब्याजदर १० दशमलव ३ प्रतिशत छ । फागुनमा ११ दशमलव ६५ प्रतिशतसम्म पु¥याउने गरी विकास बैंकहरू बीच सहमति भएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)