ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी कोरिडोर : थासाङ खण्ड दैनिक चार घण्टा बन्द

२०७८ फागुन, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुन थालेको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले कोरिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले आइतवारदेखि उक्त सडक खण्ड आंशिक रूपमा बन्द गरिएको बताए ।

जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय कार्यान्वयन गरिएको सहायक प्रजिअ ढकालले जानकारी दिए । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानको ट्र्याक नेपाली सेनाले विष्फोटक पदार्थको प्रयोग गरी चौडा गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात अवरुद्ध भएको उनले बताए ।

‘फागुन १५ गतेसम्म विष्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधन रोकिएका छन्,’ सहायक प्रजिअ ढकालले भने, ‘आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र तत्कालको सहयोगका लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)