ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुक्लाफाँटामा महोत्सव शुरू

२०७८ फागुन, ११  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरेको हो । नगरपालिकाले वर्षेनि मनाउँदै आएको शुक्लाफाँटा पर्यटन महोत्सव सोमवारदेखि शुरू भएको छ । निकुञ्ज कार्यालय परिसरमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले महोत्सवको उद्घाटन गरे ।

शुक्लाफाँटा निकुञ्जसहितका पर्यटकीय गन्तव्यको विकासका लागि महोत्सव महत्त्वपूर्ण हुने उनले बताए । जिसस प्रमुख तामाङले पर्यटनका माध्यमबाट यस क्षेत्रको आर्थिक, सामाजिक सांस्कृतिक विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए । भीमदत्तका नगर प्रमुख सुुरेन्द्र विष्टले आन्तरिक पर्या–पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए । शुक्लाफाँटा खुला विद्यालयको रूपमा रहेकाले यसको अन्तरराष्ट्रिय स्तरसम्म प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ । साथै नगरपालिकाले निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण गरेको र वन्यजन्तुबाट बस्ती जोगाउन ‘मेस वायर’ समेत राखिएको उनले बताए ।

महोत्सवको उद्घाटनका दिन निकुञ्जको परिचयसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । यस्तै दोस्रो दिन रेडियो, एफएममार्फत शुक्लाफाँटा संवाद र निकुञ्जको प्रचारप्रसार गरिएको छ । यसैगरी तेस्रो दिन पर्यटकीय क्षेत्रमा सरसफाइ तथा बाह्रसिंगा ब्राण्डिङ कार्यक्रम, चौथो दिन पर्यटनबारे नागरिक सुुझाव संकलन, पर्यटन क्षेत्रका भिडियो क्लिप तयार गर्ने, पाँचौं दिन महेन्द्रनगर स्मारकमा पर्यटकीय प्रर्वद्धनबारे फोटो प्रदर्शनी, चित्रकला प्रतियोगिता, छैटौं दिन शुक्लाफाँटासहित नगरको पर्यटन विकासबारे साहित्यिक बहस र अन्तिम (सातौैं) दिन होमे स्टेमा पर्यटनबारे छलफल गरेर समापन गरिनेछ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले पर्यटन महोत्सवका माध्यमबाट निकुञ्जभित्र प्रवेश शुल्क घटाउनुपर्ने सुझाव दिए । होटल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्टले आर्थिक समृद्धिका लागि पर्यटन महŒवपूर्ण भएकाले त्यसतर्फ महोत्सव केन्द्रित गर्नुपर्ने बताए । पर्यटन व्यवसायी समेत रहेका पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्य प्रमानन्द भण्डारीले पर्यटन प्रवर्द्धनमा निजीक्षेत्रको समेत भूमिका हुने भएकाले सहकार्यको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए । महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुनेछ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)