ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुस-युक्रेन युद्धका कारण विश्वभर खाद्य संकटको त्रास !

२०७८ फागुन, १३  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । पछिल्लो समय रुसले युक्रेनमा हमला गरेपछि विश्वभरबाट एक पछि अर्को गर्दै रुसमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ । 

अवस्था कतिसम्म बिग्रने हो भन्ने अनिश्चियबीच तेल बजारमा तीव्र उतारचढाव आइरहेको छ ।  कमोडिटिजको भाउ बढेको छ । रुस र युक्रेन तेल, प्राकृतिक ग्याँस र धातुको मुख्य उत्पादक देश हुन् । 

विश्वको खाद्य आपूर्तिमा पनि यी दुई देशको मुख्य भूमिका छ । विश्वको कुल गहुँ कारोबारमा रुस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ । १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ । 

विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ । 

विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ । 

गहुँ, मकै र सूर्यमुखी तेल क्रेताहरु वैकल्पिक आपूर्तिकर्ता खोज्न बाध्य हुन सक्ने विश्लेषण विश्वभर बढेको छ । 

पछिल्लो केही दिनमा सिकागो ह्विट फ्यूचर्स (गहुँको भविष्यको मूल्य) धमाधम उकालो लागिरहेको छ । रुस–युक्रेन संकट चुँलिदै गएपछि गएको शुक्रवारयता प्रति सय बुशेल गँहुको भाउ डेढ सय डलर भन्दा धेरैले बढिसकेको छ । 

रुसी गहुँको सबैभन्दा ठूला क्रेता इजिप्ट र टर्की हुन् । तर ढुवानीमा ढिलाई भयो वा प्रतिबन्धले रुसी निर्यात अवरुद्ध भयो भने यी दुई मात्रै प्रभावित हुने छैनन् । विश्वभर यसको प्रभाव पोखिने छ अनि मूल्य झनै बढ्नेछ । 

बिहीवार मे डेलिभरीको ह्विट फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) ९५० डलरमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ६३ प्रतिशत अर्थात् १५ डलर २५ सेन्ट धेरै हो । 

फेब्रुअरी १६ यता यसको भाउ ह्वात्तै बढेको छ । मकैं र भट्मासको भाउ पनि बढेका छन् । फेब्रुअरी १५ यता मकैको फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को ६३८ डलरबाट बढेर बिहीवार ६९५ डलर पुगेको थियो । 

सोही अवधिमा भट्मासको फ्यूचर्स पनि प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को सवा १ सय डलररभन्दा धेरैले बढेको छ । सन् २०२१ को न्यून बिन्दुको तुलनामा भने पछिल्लो समय यी तीन ओटै अन्नको भाउ ५० प्रतिशत आसपास बढिसकेको छ । 

कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो

विश्वको उत्पादनमा आएको कमी र उच्च मागका कारण यी अन्नको भाउ बढेको हो । कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो । 

रुसले निर्यात गर्ने गहुँको ७० प्रतिशत गत वर्ष मध्य पूर्व र अफ्रिकामा खपत भएको रिफिनिटिभको ढुवानी डेटाले देखाएको छ । 

पछिल्लो समय देखिएको तनावले मध्य पूर्व र अफ्रिकी क्रेताहरु वैकल्पिक विक्रेता खोज्न बाध्य हुने स्पष्ट देखिएको छ । युद्धको जोखिमका कारण कालो सागर भएर हुने ढुवानी रोक्नु पर्ने अवस्था उत्पन्न भएको छ । 

कोरोना भाइरसको महामारीबीच उत्पन्न आपूर्ति समस्या र गहुँ र दूधजन्य उत्पादनको मागमा सुदृढ वृद्धिका कारण गत वर्ष विश्वमा खाद्य वस्तुको भाउ करीब १० वर्षकै उच्च स्तरमा उक्लिएको संयुक्त राष्ट्र संघको खाद्य एजेन्सीले गत वर्ष बताएको थियो ।

यो वर्षको शुरुमा पनि वनस्पति तेलको भाउमा भएको उच्च वृद्धिका कारण खाद्यान्नको भाउ बढेर अहिलेसम्मकै उच्च स्तरमा उकिलएको खाद्य तथा कृषि संगठन (एफएओ)ले यही महीनाको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको थियो । 

रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ । 

रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ । 

युक्रेनी संकटले पछिल्लो समय पाम तेल र भट्मासको तेलको माग समेत बढाएको छ । तेलको बजारमा मूल्य वृद्धिको फोका उत्पन्न हुने हो कि भन्ने भय पनि बढाएको छ ।

निकट भविष्यमा सूर्यमुखी तेलको भाउ मात्रै नभएर पाम तेल र भट्मासको तेलले पनि नयाँ उचाई छुने विश्लेषक तथा व्यापारीहरुले बताइरहेका छन् । 

यो वर्ष शुरु भएयता मात्रै पाम तेलको भाउ ४४ प्रतिशतले बढिसकेको छ । कोरोना भाइरसको महामारीबीच विश्वमा खाद्यान्नको मूल्य सन् २०१४ यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तोमा रुस युक्रेन संकटले तेलको भाउ आकाशिँदा ढुवानी खर्च बढ्ने अनि यसको खाद्यान्नको भाउमा पोखिने चिन्ता पनि छ । बिहीवार सन् २०१४ यता पहिलो पटक कच्चा तेलको भाउ बढेर १०५ डलरमाथि उक्लिएको थियो । एजेन्सीहरुको सहयोगमा 

यो पनि पढ्नुस- रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)