फागुन १३, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धन जोगाउने अन्तिम कसरतमा लागेको छ । एमसीसीको विपक्षामा उभिने उसको निर्णय भने यथावत रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताए ।
माओवदीबाट सरकारमा सामेल मन्त्री निकट स्रोतका अनुसार भने माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू कुनैपनि बेला सरकार छोड्ने गरि तयारी अवस्थामा रहेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा पेश गर्नुपर्ने भएपछि एक दिन बिरामी परेको बहाना गरेका थिए भने अर्को दिन पर्वत पुगेर स्काइ क्याफेमा विताएका थिए ।
यथास्थितीमा एमसीसी पास गर्न नहुने अडानमा रहेको माओवादी केन्द्र भित्र सरकार छोड्ने र एमसीसी अनुमोदन फेल गराउनुपर्ने राय जोडदारसँग उठेको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धन जोगाउन अन्तिम कसरत गर्ने निर्णय गर्दै केन्द्रिय कार्यालयको विस्तारित छलफल सकिएको जानकारी दिएको छ ।
७ महीना अघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा समाजवादी लगायत ५ दलिय गठबन्धन सरकार बनेको थियो ।
गठबन्धनमा नेपाली कांग्रेस बाहेकका दलहरू एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा नेकपा एमालेलाई साथ लिएर अघि बढ्ने तयारीमा छन् ।