ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालीहरूको सुरक्षा चिन्ता

२०७८ फागुन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । रूसले युक्रेनका विभिन्न शहरमा आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूका बारेमा चिन्ता बढेको छ ।

युक्रेनमा रहेका १९३ नेपाली रुससम्बन्धी मामिला हेर्ने जिम्मा पाएको जर्मन दूतावासको सम्पर्कमा आएको बताइएको छ । युक्रेनमा अध्ययन र कामको सिलसिलामा करीब २३०/४० को हाराहारी नेपालीहरू रहेको अनुमान गरिएको छ ।

तर, गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करीब ४०० नेपाली रहेको बताए । ‘अध्ययन र रोजगारीका लागि रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि कसरी अन्यत्र लैजाने भन्ने चिन्ता कायमै छ,’ उनले भने ।

अहिले आक्रमण पूर्वी भेगमा मात्रै भइरहेकाले दूतावासले पश्चिमतर्फ सुरक्षित स्थानतिर जान र सम्पर्कमा रहिरन सम्पर्कमा आएकाहरूलाई दूतावासले अनुरोध गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई सहायता प्रदान गर्दै आइरहेका अधिवक्ता तथा श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल सम्पर्कमा आएकाहरूको अवस्था अहिलेसम्म सुरक्षित रहेको पाइएपनि सरकारले उद्धारमा प्राथमिकता दिनुपर्ने बताउँछन् ।

रूस र युक्रेनबीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । रूस विश्वको शीर्ष तेल आपूर्तिकर्तामध्ये एक हो । विश्व बजारमा रूसी तेल आपूर्ति प्रभावित हुने भयमा बिहीवार आक्रमणलगत्तै ब्रेन्ट क्रुडको भाउ बढेर सन् २०१४ यताकै ताजा उचाइमा उक्लिएको थियो । अवस्था अहिले सोचेको भन्दा धेरै बिग्रियो भनेर कच्चा तेलको भाउ प्रतिब्यारेल १५० डलरसम्म पुग्ने अनुमान अर्थशास्त्री तथा बजार विश्लेषकहरूले दिइरहेका छन् । तेलको भाउ १०० डलर माथि मात्रै रहँदा पनि नेपालको इन्धन आयातको खर्च १ खर्ब रुपैयाँभन्दा धेरैले बढ्ने अनुमान विज्ञहरूले गरेका छन् ।

युद्धको प्रभावस्वरूप सुनलगायत अन्य कमोडिटिजको भाउ पनि प्रभावित हुने देखिएको छ । विश्वको खाद्य आपूर्तिमा रूस र युक्रेन महत्त्वपूर्ण स्थानमा छन् । विश्वको कुल गहुँ कारोबारमा रूस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ । १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ ।

विश्व बजारमा रूस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रूस र युक्रेनबीच तनाव बढेपछि विश्व बजारमा फेबु्रअरीको मध्ययता गहुँ, मकै, भटमास लगायत खाद्य वस्तुको भाउ ह्वात्तै बढेको छ । विश्व बजारमा रूस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । युद्धको प्रभावस्वरूप सूर्यमुखी तेलको भाउ त बढेको छ नै पाम तेल र भटमासको तेलको भाउ बढेका छन् ।

अर्थशास्त्री डा. पोषराज पाण्डे युक्रेन युद्धको प्रभाव नेपालमा प्रत्यक्षभन्दा पनि परोक्ष धेरै हुने बताउँछन् । नेपालको अर्थतन्त्र आयातमुखी भएकोले विश्वभर आपूर्तिमा समस्या देखिँदा महँगी बढ्ने उनको भनाइ छ । पछिल्लो समय अमेरिका, बेलायतलगायतका देशहरूले नेपाललाई दिने सहायता बढाएका छन् । ‘अवस्था खराब हुँदै भयो भने युद्धको लागि आवश्यक खर्चको जोहो गर्न अन्यत्रको खर्च कटौती गर्दा नेपाललगायत देशहरूलाई दिने अनुदान घट्न सक्छ,’ पाण्डेले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)