ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम सिक्ने हुटहुटीले जन्माएको उद्यम यात्रा

२०७८ फागुन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । झाडुकुचो गरेरै भए पनि काम सिक्ने अठोटका साथ २५ वर्षअघि एउटा उद्योगमा कामदारका रूपमा प्रवेश गरेको किशोर आज उद्यमीका रूपमा स्थापित भएका छन् । विसं २०५३ सालमा वीरगञ्जको गोपाल डेरीमा कामदारका रूपमा प्रवेश गरेका रवीन्द्रकुमार सिंहले अहिले आफ्नै डेरी उद्योग चलाइरहेका छन् ।

सहोदर दाइको साझेदारी रहेको गोपाल डेरीमा १८ वर्षको उमेरमा कामदारका रूपमा पसेका वीरगञ्जका रवीन्द्र त्यहाँ डेरी उत्पादनको काम सिक्न तल्लीन भए । १ दशकसम्म उत्पादनको अनुभव लिएका उनले सोही उद्योगको काठमाडौं र भक्तपुर शाखा स्थापनामा पनि काम गरे ।

त्यसपछिका ६ वर्ष वीरगञ्जकै वृन्दावन डेरीमा बिताए । उत्पादनमा काम गर्दा उनले आफ्नो क्षमतामा थप निखारमात्र ल्याएनन्, काठमाडौं, पोखरा, विराटनगर र भारतका विभिन्न शहरमा डेरी उद्योगमा परामर्शदाताको काम गर्ने स्तरमा आफूलाई पुर्‍याए ।

करीब १ दशक कलश डेरीमा उत्पादन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सिंह त्यसको ८ वर्षपछि विराटनगरको शिवम् डेरीमा काम गर्न पुगे । तर, त्यहाँ धेरै समय काम गर्न पाएनन् ।

स्वास्थ्य समस्याका कारण ३ महीनासम्म काममा जान नसकेपछि काम छोडेका सिंहका लागि त्यो समस्या नै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । यति बेलासम्म आफ्नो दक्षतालाई जागीरमा सीमित गरेका सिंहमा आफ्नै उद्यम चलाउने सोच आयो ।

‘त्यति बेलाको स्वास्थ समस्या नै मेरा लागि उद्यममा लाग्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो,’ उनी स्मरण गर्छन् । सिंहले नातेदार अभिषेक कुशवाहलाई साथ लिएर २०७६ सालमा गढीमाई डेरीको स्थापना गरे ।

गढीमाईले ‘बी नेचुरल’ ब्रान्डमा आफ्ना उत्पादन उपभोक्तामाझ ल्याएको छ । ‘उपभोक्तालाई उत्पादनको ‘नेचुरल’ स्वाद दिने हाम्रो लक्ष्य छ ।

आइसक्रिमदेखि अन्य अन्य उत्पादनको ‘नेचुरल’ स्वाद दिएर उपभोक्ताको सन्तुष्टिलाई नै उपलब्धि मानेका छौं,’ सिंहको भनाइ छ ।

गढीमाई डेरीले अहिले वीरगञ्ज (पर्सा), बारा, रौतहट, धनुषा, सिन्धुलीलगायत स्थानमा आफ्ना उत्पादन पुर्‍याइसकेको छ । ती जिल्लाका ४० भन्दा बढी स्थानमा विक्री कक्ष स्थापना गरिसकेको डेरीले ५० भन्दा बढी स्वादमा आइसक्रिम, फ्लेवर मिल्क, दही, लस्सीलगायत उत्पादन बजारमा पुर्‍याएको सिंहले जानकारी दिए ।

मौसमअनुसारका फलफूलको स्वादका आइसक्रिम र आइसक्रिमकै पकौडाको उत्पादन गर्ने यो डेरीले उपभोक्ताको रुचिलाई ध्यानमा राखेर आफ्ना उत्पादनलाई परिष्कृत गर्दै लैजाने व्यावसायिक रणनीति बनाएको छ । आफ्नो ब्रान्ड देशका सबै मुख्य शहरमा पुर्‍याउने योजना डेरीको छ । हेटौंडा, नारायणगढ, पोखरा, काठमाडौंलगायत शहरमा उत्पादन पुर्‍याउने प्रयास भइरहेको र निकट भविष्यमै यो योजना पूरा हुने विश्वास सिंहको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)