ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा खाने तेलको अभाव : रूस-युक्रेन युद्धको बहानामा कालोबजारी ! ‘२ महीना पुग्ने स्टक हुन्छ’

२०७८ फागुन, १८  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

फागुन १८, काठमाडौं । रूस र युक्रेन बीच युद्ध शुरु भएको एक हप्ता पनि भएको छैन । तर नेपाली बजारमा भने अहिले नै खाने तेलको अभाव देखाउन थालिएको छ ।

नेपाल मात्रै नभएर विश्वभर नै ८० प्रतिशत सुर्यमुखी तेल निर्यात हुने देशमा युद्ध शुरु हुँदा विश्वभर खाने तेलको आपूर्ति प्रभावित भइ मूल्य बढ्ने अनुमान गरिएको थियो ।

स्थानीय होलसेलबाट सिधै १/२ कार्टुन तेल किन्ने रेष्टरेन्ट, होटल लगायत व्यवसायीहरूले खाने तेल पाउन छोडेका छन् ।

तर यति छिट्टै खाने तेलकै अभाव भएको कुरा असान्दर्भीक देखिएको उपभोक्ताको भनाई छ । ‘खाद्य सामाग्री जस्तो अत्यावश्यक वस्तु पनि ५ दिनमै अभाव भयो भन्दा कसरी विश्वास गर्ने ?’ कीर्तिपुरका स्थानीय प्रविण महर्जनले भने, ‘यसमा व्यवसायीहरूले कालोबजारी गरेको सहजै अनुमान गर्न सकिन्छ ।’

अहिले बजारका ठूलादेखि सानासम्म, होलसेलदेखि खुद्रा पसलसम्म अधिकांश ठाउँमा खाने तेल नभएको भन्दै ग्राहकलाई फर्काउन थालेको पाइएको छ । 

कतै खाने तेल पाइयो भनेपनि २ हजार ४०० रुपैयाँ रहेको कार्टुनको मूल्य अहिले २ हजार ६०० देखि २ हजार ८०० रुपैयाँसम्म भन्न थालेका छन् ।
रुस-युक्रेन युद्धका कारण खाने तेलको मूल्य बढ्ने समाचारहरू बाहिरिएदेखि नै ठूला होलसेलबाट मागेजति तेल नपाइएको कीर्तिपुरकै खुद्रा व्यवसायी हिमाल प्रधानले बताए ।

ठूला होलसेलबाटै खाने तेल मागेजति नपाएपछि त्यसले स्थानीय होलसेलबाट सिधै १/२ कार्टुन तेल किन्ने रेष्टरेन्ट, होटल लगायत व्यवसायीहरूले खाने तेल पाउन छोडेका छन् ।

अहिले ठूला होलसेल पसलले नै खाने तेल नभएको भन्दै खुद्रा व्यवसायीलाई समेत दिनै छोडेको बानेश्वरमा खुद्रा व्यपार गर्दै आएका व्यवसायी अशोक सुवेदीले बताए । 

हल्लै हल्लामा खाने तेलको अभाव
नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्रचार्यले हल्लै-हल्लाको भरमा खाने तेलको अभाव सिर्जना गर्न खोजिएको बताए । 

यूक्रेनबाट आउने तेलको कच्चा पदार्थको मात्र नगन्य छ । अर्कोतर्फ हामिसँग करीब २ महीनालाई पुग्ने तेल बजारमै स्टक हुन्छ ।

‘अन्तर्राष्ट्रिय बजारमा समस्या हुँदा हाम्रो बजारमा प्रभाव पर्नु सामन्य हो ।, रुस-युक्रेन युद्धको पनि प्रभाव त पर्छ नै, तर खाने तेलमा भने तत्काल प्रभाव पर्दैन।’  उनले अभियानसंग भने, ‘कतै व्यवसायीले कच्चा सामाग्रीको अभाव हुने भन्दै १० प्रतिशत भन्दा बढीले मूल्य बढाएको कुरा छ ।’

तर, नेपालमा युक्रेनबाट आउने तेलको कच्चा पदार्थको मात्र नगन्य रहेको छ । यसकारण पनि अभाव नहुनु पर्ने उनले बताए । 

‘यूक्रेनबाट आउने तेलको कच्चा पदार्थको मात्र नगन्य छ । अर्कोतर्फ हामिसँग करीब २ महीनालाई पुग्ने तेल बजारमै स्टक हुन्छ । तर युद्ध शुरु भएको हप्ता दिनमै अभाव हुनुको कारण कृतिम अभाव गर्नु नै हो,’ उनले भने, ‘यो मौकाको फाईदा लुट्न थाल्या मात्रै हो ।’

रुस-युक्रेन युद्धका कारण बजारमा महँगी बढ्न सक्ने अनुमानका भरमा आम उपभोक्ताले पनि खाने तेल स्टकमा राख्न खोज्दा अहिलेको समस्या सिर्जना भएको बज्राचार्यको भनाई छ । 

राष्ट्र बैंकको नीतिका कारण अभाव
दाल, चामल, तेल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले अन्तर्राष्ट्रिय बजारमै परेको असर नेपालमा पनि देखिएको बताए।

‘सुर्यमुखी तेलको लागि अधिकांश कच्चा पदार्थ युक्रेनबाटै आउने गरेकोमा युद्धको कारण अवरोध हुँदा कच्चापदार्थमै अभाव छ । सोही कारण खाने तेल अभाव भएको हो ।’ उनले भने ।

बजारमा खाने तेलको अभाव हुनुमा रूस-युक्रेन युद्ध नै प्रमुख कारण भएपनि मूल्य वृद्धिमा भने अन्तर्राष्ट्रिय बजार र राष्ट्र बैंक पनि कारक ।

‘युद्ध शुरु भएको एक हप्ता भन्दा कम समय भएपनि दुई देश बीच तनाव शुरु भएको १/२ महीना नै भइसकेको थियो ।’ गुप्ताले भने, ‘त्यसमाथि राष्ट्र बैंकले लगाएको सतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले गर्दा व्यवसायीको पैसा होल्ड भइ समयमै कच्चा पदार्थ आयात गरि स्टक राख्न पनि सकिएको थिए । त्यसकारण अहिले अभाव सीर्जना भएको हो ।’ 

बजारमा खाने तेलको अभाव हुनुमा रूस-युक्रेन युद्ध नै प्रमुख कारण भएपनि मूल्य वृद्धिमा भने अन्तर्राष्ट्रिय बजार र राष्ट्र बैंक पनि कारक भएको उनको बुझाई छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ बजार अनुगमन निरन्तर भईरहेको र कृतिम अभाव सिर्जना गर्ने वा मनपरी मूल्य कायम गर्ने व्यवसायीलाई कारबाही गर्ने दावी गर्छन् । 

‘अहिले युद्धको त्रास देखाएर मूल्य बढाउन खोजिएकाले मूल्य कायम गर्दा के कुरामा टेकेर गरिएको हो भनेर मूल्य विवरण समेत माग गरेका छौं ।’ उनले भने ।

विभागका सूचना अधिकृत हरी पंगेनीले मूल्य बृद्धि भएको भन्ने सुन्नमा आएको र तत्कालै मूल्य बढाउनुपर्ने अवस्था नभएकोले त्यसो नगर्न उद्योगीहरुलाई भनेको बताए। ‘उद्योगले मूल्य बढाएको छैन र अझै २/३ महिना स्टकलेनै पुग्छ, तत्कालै मूल्य बढाउन नपर्ने भनेका छन्,’ उनले भने, युद्धग्रस्त क्षेत्रबाट सामान नेपाल आउन ९० देखि ८० दिन लाग्छ,  हालै महङ्गीएर चलान भएको सामन नेपाल आउनै ३ महिना लाग्छ यसको असर ३ महिना पछि देखिन सक्छ अहिले भएको अभाव कृतिम हो ।' 

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अफवाह फैलाएर फाईदा लिन खोज्ने व्यपारिका कारण अभाव देखिएको बताए । सरकारले थोरै मात्र नियमनमा सक्रियता देखाउने हो भने यो समस्या सहजै हल हुने उनको भनाई छ ।

बजारमा खाने तेलको अभाव सिर्जना गरिएको कुरा आफूले वाणिज्य विभागलाई जानकारी गराइसकेको भन्दै वाणिज्यले तत्काल बजार अनुगमन गर्नुपर्ने पनि तिमिल्सिनाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)