ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा : लघुबीमाको अंश अत्यन्त न्यून

२०७८ फागुन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा अझै पनि मोटर बीमाको अंश बढी देखिएको छ । बीमा समितिले जारी गरेको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीले माघ महीनामा गरेको बीमा व्यवसायका आधारमा यस्तो देखिएको हो ।

निर्जीवन बीमा कम्पनीहरूले माघ महीनामा रू. २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, त्यसमा मोटर बीमाबाट प्राप्त बीमाशुल्कको अंश ३९ प्रतिशत छ, जुनको अन्य बीमा प्रडक्ट तुलनामा सबैभन्दा बढी हो । दोस्रो स्थानमा सम्पत्ति बीमा देखिएको छ । निर्जीवन बीमा व्यवसायमा उक्त बीमाको अंश ३३ प्रतिशत देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले मोटर, सम्पत्ति, हवाई, इन्जिनीयरिङ, सामुद्रिक, कृषि, लघुजस्ता बीमा प्रडक्टको व्यवसाय गर्दै आएका छन् । त्यसमा मोटर र सम्पत्तिबाहेकका बीमा प्रडक्टको अंश १० प्रतिशतभन्दा कम रहेको छ ।

निकै महŒवका साथ प्रचलनमा ल्याइएको लघु बीमाको अंश अत्यन्त कम छ । निर्जीवन बीमा व्यवसायमा लघुबीमाको अंश १ प्रतिशतभन्दा पनि कम देखिएको छ । माघमा उक्त बीमामार्पmत ४१ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ ।

कुल व्यवसायमा लघुबीमाको अंश १० प्रतिशत हुनुपर्ने व्यवस्था छ । तर, त्यो भन्दा निकै कम लघुबीमा व्यवसाय भएको समितिको तथ्यांकले देखाएको छ । कम्पनीहरू ठूलो आकारको व्यवसायमा केन्द्रित हुँदा यस्तो अवस्था आएको जानकारहरू बताउँछन् ।

निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षत्रीले पछिल्लो समय लघु, कृषि बीमाको व्यवसाय बढ्दै गएको बताए । ‘तोकिएको अनुपातमा व्यवसाय हुन केही समय लाग्न सक्छ । तर, पछिल्लो समय यस्ता बीमो व्यवसाय बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले यसमा आत्तिनुपर्ने अवस्था छैन । यस्तो व्यवसायको हकमा हामी अन्य देशको तुलनामा अगाडि छौं ।’
 
पोलिसी नम्बरको आधारमा भने सन्तोषजनक अवस्था भएको उनी बताउँछन् । तर, त्यस सम्बन्धमा यकिन तथ्यांक नभएको उनले बताए ।

मोटर बीमालाई सरकारले अनिवार्य गरेको छ । त्यसैले बीमामा यसको अंश बढी हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘गाडी आयात बढ्दो छ । बीमा गर्दा स्वाभाविक रूपमा मोटर बीमाको अंश बढी हुन्छ,’ उनले भने, ‘तर, अन्य बीमाको अंश पनि बढ्दै गएको छ । केही समयमा प्रडक्टअनुसारको व्यवसायमा सन्तुलन आउँछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)