ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा गरीब परिवार पहिचान शुरू

२०७८ फागुन, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा गरीब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्य शुरू गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरीब परिवार पहिचान तथा परिचयपत्र वितरणको काम थालिएको हो । गरीबीको रेखामुनि परेका परिवारहरूको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहहरूले बताएका छन् ।

अहिले जिल्लाका सातओटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत गरीबी निवारण गर्न सामाजिक सुरक्षा तथा राज्य र गैरराज्यबाट प्रदान गरिने सेवामा गरीब परिवारको पहुँच बढाउन यो अभियान थालिएको हो ।

गरीब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ । यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ ।

गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरिवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले  जानकारी दिए । स्थानीय तहहरूले मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन् । जति धेरै सत्यतथ्य सूचना संकलन भयो, राज्यलाई त्यति नै धेरै सहजता हुने र प्रत्यक्ष गरीब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । पर्वतभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिले केही दिनअघि ६ दिने तालिम समेत दिइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)