ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोटर बीमामार्फत माघमा १ अर्ब ७ करोड बीमाशुल्क संकलन

बागमती प्रदेशबाट सबैभन्दा बढी ५९ करोड ६२ लाख

२०७८ फागुन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । माघ महीनामा मोटर बीमामार्फत रू. १ अर्ब ७ करोड बीमाशुल्क संकलन भएको छ । यो सातओटा प्रदेशमा मोटर बीमामार्फत आर्जन भएको कुल बीमाशुल्क हो । माघमा संकलित बीमाशुल्क पुसको तुलनामा भने २६ दशलमव २७ प्रतिशतले कम हो । पुसमा मोटर बीमामार्फत कुल रू. १ अर्ब ४५ करोड बीमाशुल्क संकलन भएको थियो । सात प्रदेशमध्ये मोटर बीमामार्फत बागमती प्रदेशबाट सबैभन्दा बढी रू. ५९ करोड ६२ लाख बीमाशुल्क आर्जन भएको छ । त्यसैगरी दोस्रोमा लुम्बिनी प्रदेशबाट रू. १३ करोड ६ लाख बीमाशुल्क संकलन भएको छ । यस्तै कर्णाली प्रदेशबाट सबैभन्दा कम रू. १ करोड २० लाख बीमाशुल्क संकलन भएको बीमा समितिको तथ्यांक छ ।

पुस महीनाको तुलनामा माघमा मधेश प्रदेश बाहेक बाँकी सबै प्रदेशबाट बीमाशुल्क घटेको छ । मधेश प्रदेशबाट मोटर बीमामार्फत माघमा संकलित बीमाशुल्क पुसको तुलनामा ४ दशमलव ३८ प्रतिशत बढी रहेको छ । सो प्रदेशमा पुसमा मोटर बीमामार्फत ९ करोड १८ लाख बीमाशुल्क आर्जन भएकोमा माघमा बढेर ९ करोड ५८ लाख पुगेको हो । मोटर बीमातर्फको बीमाशुल्क धेरै घट्नेमा बागमती प्रदेश अगाडि छ । यो प्रदेशमा पुसको तुलनामा माघमा मोटरबीमा मार्फत संकलित बीमाशुल्क ३६ दशलमव ३३ प्रतिशत घटेको छ । पुसमा बागमती प्रदेशबाट मोटर बीमामार्फत रू. ९३ करोड ६५ लाख बीमाशुल्क संकलन भएकोमा माघमा घटेर रू. ५९ करोड ६२ लाखमा सीमित छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)