ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पन्ज आइरनबाट बिलेट उत्पादन, स्टील उद्योगमा रू. ८४०  करोड लगानी थपिंदै

२०७८ फागुन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

फागुन २४, काठमाडौं । स्वदेशमै बिलेट उत्पादन गर्न फलामे छड उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले ल्याएसँगै नयाँ र पुराना स्टील उद्योगहरू खुल्न र लगानी थपिन थालेको छ ।

एउटा नयाँ स्टील उद्योगसहित हाल सञ्चालनकै क्रममा रहेका चारओटा स्टील उद्योगले स्पन्ज आइरनमा आधारित भएर बिलेट उत्पादन गर्न कुल रू। ८ अर्ब ४० करोड लगानी गर्ने भएका छन् ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनमा शून्य भन्सार दर लागू गरेपछि चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को यस अवधिमै उक्त लगानी फलामे छड तथा निर्माण सामग्रीको उत्पादनमा थपिने भएको छ । बिलेट तथा अन्य सामग्री उत्पादन गर्न एउटा नयाँ स्टील उद्योग सर्वात्तम स्टील्स खुल्दै छ भने अन्य चारओटा पुराना तथा सञ्चालनमै रहेका उद्योगले ठूलो लगानी थप्न लागेका हुन् ।

उद्योग विभागका अनुसार सञ्चालनमै रहेका उद्योगमध्ये काठमाडौं स्टील्स स्वस्तिक रोलिङ मिल्स, प्रिमियर स्टील, हुलास वायरले स्पन्ज आइरन आयात गरेर बिलेट उत्पादन गर्नका लागि लगानी थप्ने अनुमति लिएका छन् । उक्त लगानीका लागि विभागले स्वीकृति दिएको छ । यी उद्योगले स्पन्ज आइरनजस्ता कच्चा पदार्थ आयात गरेर बिलेट उत्पादन गर्न अनुमति लिएको विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनले यो अवधिमा स्पन्ज आइरनमा आधारित रहेर बिलेट उत्पादन गर्न लगानी र क्षमता विस्तारका लागि अनुमति लिने क्रम बढेको बताए । विभागका अनुसार सबैभन्दा धेरै लगानीमा नयाँ उद्योग सर्वोत्तम स्टील्स उद्योग स्थापना हुन लागेको छ । वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृतिसमेत पाइसकेको यो उद्योग सौरभ ग्रूपले मधेश प्रदेशको पर्सा जिल्लामा रू। ३ अर्ब २७ करोडको लगानीमा सञ्चालनमा ल्याउने भएको छ । 

वीरगञ्ज महानगरपालिकाको मनियारीमा कम्पनीको स्वामित्वमा रहेको १५ बिगाहा जग्गामा उत्पादनमूलक उद्योग सर्वात्तम स्टील स्थापना हुन लागेको हो । वार्षिक ४ लाख ४१ हजार मेट्रिक टन उत्पादनको प्रस्ताव गर्दै कम्पनीले उद्योग विभागमा उद्योग दर्ता गरेको छ ।

कम्पनीका एक अधिकारीले स्पन्ज तथा पिग आइरनमा आधारित भएर कम्पनी स्थापना गर्न लागिएको जानकारी दिए । उक्त उद्योग सञ्चालनमा आउँदा ५३७ जनाले रोजगारी पाउनेछन् । यसमध्ये २०० जनाले उद्योग निर्माणको शुरूमा र बाँकीले उद्योग सञ्चालनको चरणमा रोजगारी पाउनेछन् । 

१५ बिगाहामध्ये २० प्रतिशत क्षेत्रफलमा मात्रै उद्योग स्थापना हुनेछ । बाँकी अन्य भागमा भने खुला क्षेत्र, हरित बगैंचा स्थापना, दुईओटा खुला पानी भण्डारण ट्यांकी, भण्डारण क्षेत्र, सवारी पार्किङका लागि उपयोग गरिने कम्पनीले उल्लेख गरेको छ । उद्योगमा फलामजन्य वस्तु उत्पादनका लागि ३० मेट्रिक टनका २ ओटा इन्डक्सन फर्नेस ९भट्टी० राखिनेछ । उक्त उद्योगलाई फलामजन्य वस्तु तथा स्टील उत्पादनका लागि २ दशमलव ५ मेगावाट बिजुली आवश्यक हुने कम्पनीले जानकारी दिएको छ ।

विभागबाट अनुमति पाएका उद्योगहरू धेरैजसो सुनसरी जिल्लामा अवस्थित छन् । काठमाडौं स्टील्स नवलपरासी, सर्वोत्तम पर्साबाहेक अन्य तीनओटा उद्योग सुनसरी जिल्लामा पर्छन् । विभागका अनुसार स्वस्तिक रोलिङले स्पन्ज आइरन आयात गरेर वार्षिक १ लाख ३० हजार मेट्रिक टन (मेटन) बिलेट तथा अन्य सामग्री उत्पादन गर्न थप रू. १ अर्ब ९३ करोड लगानी थप्ने भएको छ । 

यसैगरी, काठमाडौं स्टील्सले वार्षिक १ लाख ७७ हजार मेटन बिलेट तथा फलामजन्य सामग्री उत्पादनको लक्ष्य राखेर रू। १ अर्ब ३९ करोड लगानीको अनुमति लिएको छ । यस्तै प्रिमियर स्टीलले भने वार्षिक १ लाख ८० हजार मेटन उत्पादन लक्ष्य राखेर रू। १ अर्ब १४ करोड लगानी थप्ने स्वीकृति विभागबाट लिएको छ । साथै, हुलास वायरले वार्षिक १ लाख १२ हजार ५०० मेटन उत्पादन लक्ष्य राखेर रू। ६७ करोड लगानी थप्ने भएको छ ।

विभागको तथ्यांकअनुसार आव २०७७र७८ सम्ममा मुलुकभर ३१ ओटा फलामे छड तथा स्टील उद्योगहरू सञ्चालनमा छन् । तर, यीमध्ये ६ ओटा उद्योगले मात्रै स्पन्ज आइरन तथा स्क्रब (पत्रु) को प्रयोगबाट स्वदेशमै बिलेट उत्पादन गर्दै आएका छन् । विभागका अनुसार हाल सञ्चालनमा रहेका उद्योगको कुल वार्षिक क्षमता लगभग ३६ लाख मेटन रहेको छ भने वार्षिक माग लगभग वार्षिक १२ लाख मेटन छ । 

फलामे छड तथा फलामजन्य निर्माण सामग्री उत्पादनका लागि नेपाल आत्मनिर्भर छ । बिलेट आयात गरी छड तथा अन्य निर्माण सामग्री स्वदेशमै उत्पादन गर्ने भए पनि सरकारले पछिल्लो समय स्वदेशमै बिलेट उत्पादन गर्न स्पन्ज आइरनको भन्सार दरलाई शून्यमा झारेको छ । यता धौबादी फलाम खानी सञ्चालनमा आए स्वदेशमै कच्चा पदार्थ पर्याप्त हुने पनि देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)