ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा ठडियो सिसाको पुल

२०७८ फागुन, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो ।

कालीगण्डकी नदीमाथिको भीरमा निर्माण गरिएको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । पर्वत पर्यटनको हब बन्दै गएकामा तिमिल्सिनाले खुसी व्यक्त गरे ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लंग देख्न सकिन्छ । तल एकै पटकमा १ सय जनासम्मले स्काईब्रिजको आनन्द लिन सक्ने बस्नेतले बताए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो हो’, बस्नेतले भने, ‘अहिले युवा आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।’

अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विबश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ ।

हार्नेस प्रालिले कुस्मा बजारमै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमै २० जोडीले आनन्द लिएको सञ्चालक सुनिल बानियाले जानकारी दिए ।

कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिपलाइनमा बच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाले बताए । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)