ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘तरलता अभावको मुख्य कारण सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीति’

२०७८ फागुन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बैंकिङ प्रणालीमा तरलता अभाव सहज नहुनुमा सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीति मुख्य कारण रहेको अर्थतन्त्रका विज्ञहरूले औंल्याएका छन् । मोरङ व्यापार संघको सभाहलमा मंगलवार आयोजित ‘बिज टक’ कार्यक्रममा अर्थशास्त्री डा. भेषप्रसाद धमलाले देशको जनशक्ति विदेश पलायन हुनुमा सरकार नै जिम्मेवार रहेको र जनशक्ति अभावका कारण उत्पादनमा असर पुगेको बताए ।

‘बैंकको ब्याजदर अत्यधिक बढ्दा उत्पादनमा समेत असर परेको छ,’ उनले भने, ‘देशलाई चाहिने जनशक्तिलाई विदेश पलायन हुन बाध्य पारेर आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन ।’ अर्थतन्त्रलाई चलायमान राख्न करको दायरामा कटौती गर्नुपर्ने र नयाँ शीर्षक थपेर कर उठाउने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्राडा. पीके झाले नेपालको आर्थिक नीति कठोर बन्दै गएको टिप्पणी गरे । विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको भन्दै उनले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा धारणा राखे । बजारमा तरलता अभाव हुनुमा राष्ट्र बैंक पनि दोषी रहेको उनको भनाइ छ । दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेको भन्दै उनले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै उद्यमशीलतालाई संस्थागत गर्नुपर्ने बताए ।

‘फोस्रो नारा लगाएर मात्र बजेटको सही ठाउँमा कार्यान्वयन हुन सक्दैन, जेका लागि बजेटको घोषणा भएको हो, त्यसैमा बजेटको पूर्ण कार्यान्वयन हुनुपर्छ,’ उनले भने । उद्योग, व्यापार र व्यवसाय क्षेत्र कुन र कस्तो (संकटग्रस्त) अवस्थामा छ भन्नेबारे सरकार जानकार रहे पनि पुनरुत्थानका लागि ठोस काम गर्न नसकेको उनले बताए । ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर प्रवद्र्धन गरे उद्यमशीलता स्थापित हुने उनको भनाइ छ । सरकारले उद्यमशीलता विकासका लागि उद्योग–उद्योगी र व्यापार–व्यवसायीको हित हुनेगरी नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अर्का अर्थविद् प्राडा. वेदराज आचार्यले स्वदेशको रकम स्वदेशमै परिचालन गर्न स्थानीय स्रोतसाधनमा आधारित कच्चापदार्थको उपयोग र सोही अनुसारका उद्योग स्थापनामा प्राथमिकता दिनुपर्ने बताए । कुनै समय संसारकै गरीब र अतिविपन्न मुलुकको रूपमा रहेको इथोपियाले अहिले विकासोन्मुख राष्ट्रको दर्जा पाइसकेको उदाहरण दिँदै उनले अपार स्रोतसाधन हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरवस्थामा पुग्नु खेदजनक रहेको बताए । नीति निर्माताले अर्थतन्त्रको वृद्धि र विकास हुने निर्णय लिनुपर्नेमा स्वार्थ अनुकूलको निर्णय लिँदा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक बन्न पुगेको उनको टिप्पणी थियो ।

देशको हरेक तह र तप्कामा सरकार संस्थागत सुशासनमा चुकेको आचार्यले बताए । शिक्षा, स्वास्थ्य जस्ता प्रत्यक्ष जनसरोकारका क्षेत्रको नियन्त्रण र नियमनमा सरकार निरीह बनेको उनको भनाइ छ । तरलता अभावले अर्थतन्त्रमा उत्पन्न भएको संकटको अवस्था र यसबाट पार पाउने उपायबारे गहन चिन्तन, छलफल हुनुपर्नेमा उनले जोड दिए । साथै त्यसबाट प्राप्त सुझाव समस्या समाधानको मार्गदर्शक बन्ने उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले तरलता अभावको कारण देखाउँदै  बैंकहरूले ऋण प्रवाह रोकेको र ब्याजदरमा वृद्धि गरेकाले उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा अप्ठ्यारो परेको बताए । जनशक्तिको कमी, बैंकको मनोमानी र सरकारको अदूरदर्शी नीतिले आर्थिक क्षेत्र धराशयी बन्दै गएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)