ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हल्दियामा रोकियो २ लाख टन कोइला

२०७८ फागुन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।

रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।

उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए । भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ ।

‘तेस्रो मुलुकबाट बन्दरगाहसम्म आइपुगेको ५२ रेकजति कोइला थुप्रिएको छ । रेलवेलाई पटकपटक आग्रह गर्दा पनि आपूर्ति भएन,’ राजपालले भने । करीब २ लाख मेट्रिकटन कोइला बन्दरगाहमा अड्किएपछि यता अभाव हुन थालेको उनले बताए ।

भारत, इन्डोनेशिया, अमेरिका, अस्टे«लिया र दक्षिण अफ्रिकाबाट वर्षेनि करीब १५ लाख मेट्रिकटन कोइला आयात हुने आयातकर्ता बताउँछन् । क्लिंकरमा आधारित सिमेन्ट उद्योग बढेसँगै कोइला आयात बढेको हो ।

कोइला क्लिंकर उद्योगको सहायक कच्चा पदार्थ हो । इँटाभट्टीमा पनि कोइला प्रयोग हुन्छ । कुल आयातको दुई तिहाइ परिमाण क्लिंकर उद्योगमा खपत हुने उद्योगी बताउँछन् ।

समस्या समाधानका लागि महावाणिज्यदूत पौडेलले मंगलवार हल्दिया बन्दरगाहको स्थलगत अवलोकन गर्ने भएका छन् । ‘रेलवेको दक्षिणपूर्वी कार्यालयमा पत्राचार गरेका छौं । हल्दियाको स्थलगत अवस्था बुझ्न जाँदै छौं,’ उनले भने । हल्दिया कोलकाता बन्दरगाहबाट १५० किलोमीटरको दूरीमा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)