ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व उपभोक्ता अधिकार दिवस : पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम

२०७८ चैत, २  
मधेश प्रदेश उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत २, वीरगञ्ज  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर प्रभातफेरी आयोजना गरिएको कार्यालय प्रमुख दिलीप खंग खत्वेले जानकारी दिए । ठोरी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयबाट चेतनामूलक प्रभातफेरी चोकबजारमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा ठोरी गाउँपालिकका अध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीले आफ्नो फाईदासँगै उपभोक्ता अधिकारमा पनि उत्तिनै संवेदनशील हुनुपर्ने बताए ।  नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्ता अधिकार प्रत्याभूत गरे पनि व्यवहारमा लागू हुन नसकेको उनले बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले कुनै वस्तुको विक्रेता आफू स्वयम् पनि उपभोक्ता नै हुने भएकाले उपभोक्ताको हितमा सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । विक्रेताले उपभोक्तालाई झुक्याएर वा बढी मोल लिएर नाफामात्र बढी कमाउने उद्देश्य राख्न नहुने उनको भनाइ थियो ।

उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधंै मारमा पर्ने गरेको सहभागी वक्ताहरूले बताएका थिए । कार्यक्रमको सहजीकरण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका नायव सुब्बा रामप्रवेश यादवले गरेका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)