ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिहारले १ दिन बिजुली नदिंदा नेपालमा हलचल ! भारतले किन दिएन नेपाललाई बिजुली ? 

२०७८ चैत, ९  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अमर बडुवाल

चैत ९, काठमाडौं । मंगलवार भारतमा प्रतियुनिट बिजुलीको मूल्य २० रुपया भारू (३२ रुपैयाँ नेपाली) पुगेपछि नेपालतर्फको निर्यातमा रोक लगाइएको छ ।

नेपालले बिहारबाट ल्याउने बिजुलीको मूल्य निश्चित छ । तर बिहारले भारतीय बजारबाट लिने बिजुली बिडिङ गरेरै लिइरहेको छ ।  भारतीय एक्सचेन्ज मार्केटमा प्रतियुनिट बिजुलीको मूल्य २० भारतीय रुपया (भारू) पुगेपछि बिहारले नेपालतर्फको निर्यात रोकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक अभियानलाई बताए ।

उनीहरूले महँगोमा किनेको बिजुली घाटा खाएर दिन चाहेनन् । मंगलवार भारतीय बजारमा बिजुलीको औषत मूल्य नै प्रतियूनिट करीब १२ भारू (२० रुपैयाँ नेपाली) पुगेको घिसिङले बताए ।

'बुधावार भारतबाट आउने बिजुली आउन शुरू भइसकेको छ । पीक समययमा नेपालकै विद्युत्  बढीभन्दा बढी उपयोग गर्ने भएकाले पीकमा समस्या हुँदैन । अफ पिक समयमा भारतले बिजुली पठाउन शुरू गरिसकेको छ', उनले भने ।

बुधवार बेलुका केही उद्योगमा आलोपालो बिजुली दिनुपरेपनि बिहीवारबाट यो समस्या हट्न सक्ने पनि घिसिङले बताए ।

‘अहिले भारतबाट अफ पिक समयमा आउने बिजुली ३५० देखि ४०० मेगावाट हो । बुधवार यो परिमाणमा बिजुली आइनै रहेको छ’, घिसिङले भने, ‘भारतमा बिजुलीको मूल्य सधै एकनास रहँदैन । त्यसैले यो समस्या पनि रहँदैन ।’ 

यो समय विद्युत उत्पादन कम र खपत बढी हुने समय हो । थोरै विद्युतलाई बिडिङ गर्दा जसले बढी रुपैयाँ तिर्‍यो उसैले मात्रै पाउँछ । नेपालले बिडिङ गरेर विद्युत किन्न सक्ने भएपनि नेपालले गरेका बिड भन्दा धेरै मूल्य भारतीय कम्पनीले नै तिरिरहेका छन् ।

नेपाललाई निश्चित मूल्यमा विद्युत दिने कम्पनीले पनि बिडिङ गरेर किनेको विद्युत नै नेपाल पठाउने हुन् । त्यसैले उनीहरूले पनि धान्न नसक्ने अवस्था आएपछि निर्यात प्रभावित भएको प्राधिकरणको भनाइ छ ।

अहिले नेपालको कुल विद्युत् माग १ हजार ५४० मेगावाट रहेको छ । ३ करोड ५ लाख ४७ हजार यूनिट विद्युत् ऊर्जा खपत भइरहेको नेपालमा विद्युत् प्राधिकरणका आयोजनाबाट ९९ लाख युनिट र भारतबाट ९५ लाख ७१ हजार यूनिट विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणका सहायक कम्पनीबाट ३८ लाख ७२ हजार यूनिट ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रबाट ७१ लाख ६३ हजार यूनिट आपूर्ति भइरहेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)