ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमबीए होल्डरको 'पानीपुरी बार'

२०७८ चैत, १९  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

चैत १९ काठमाडौं । प्रविधिले अहिले हामीलाई धेरै कुरा सजिलो बनाइदिएको छ ।

प्रविधिसँगसँगै विकल्पको छनोट गर्न पनि सजिलो भएको छ ।  व्यवसायलाई लिएर होस वा अन्य कुरा सिक्नको लागि होस् नयाँ सोच केहि फरक तरिकाले गर्ने प्रयास गर्ने हो भने पक्कै सफलता मिल्छ । उपयुक्त समयमा उचित ठाउँमा आइडिया लगाउन सकेमा त्यसले राम्रो प्रतिफल दिनसक्छ । त्यसको उदाहरण बनेका छन्, २८ वर्षीय दामोदर बस्याल ।

बस्यालको एक आइडियाले फुटपाथमा हुने चटपटे, पानीपुरीको व्यापार बदलिएकाे छ ।

सामान्यतया पानीपुरीको व्यापार चोक- चोकमा गल्लीगल्लीमा नै हुने गरेको देखिन्छ । बनाउनेले जस्तो बनायो त्यस्तै खाने, ग्राहकको स्वस्थ र रुचीलाई ध्यान नदिएरै पनि पानीपुरीको व्यापार भएको पाइन्छ ।

तर, बस्यालले पछिल्लो समय पानीपुरीकाे व्यापार फरक तरिकाले गरेका छन् । करीब - करीब बारकै शैलीमा उनले पानीपुरीको व्यापार शुरु गरेका छन् ।

२०७६ सालमा एमबीएको प्रथम सेमेष्टर पढ्ने बेला एउटा प्रतियाेगिताकाे लागि भारतको गाजियाबाद गएका थिए । साेही बेला बाटो छेउमा विभिन्न स्वादका पानीपुरी बेच्न राखिएको देखेका थिए, बस्यालले ।

त्यसपछि बस्याललाई लाग्याे, ग्राहकको स्वास्थ र रुचीलाई ध्यान दिएर पनि पानीपुरीको व्यापार सकिदो रहेछ । नेपाल फर्केर ग्राहकको रुचीअनुसार फरक-  फरक स्वाद र फरक फरक स्वादमा पानीपुरी बनाउन थाले, काठमाडाै‌ंकाे कपनमा । फरक - फरक स्वादकाे पानीपुरी उपलब्ध गराउन थालेपछि माग पनि बढ्न थाल्यो । माग धान्नै हम्मे हुन थाल्याे ।

ग्राहककाे मागअनुसार पानीपुरी बनाउन सक्नुपर्ने अर्काे चुनाैती उनले महशुस गरे । अनि खोज्न थाले पानीपुरी मेकर मेसीन । उनले कतै पाएनन् पानीपुरी बनाउने मेसीन । त्यसपछि  आँफै मेसीन बनाउनतिर लागे, उनी । मेसीन बनाउन उनलाई २ वर्ष समय लाग्यो । आखिर उनले बनाएरै छाडे ।

उनले मेसीन बनाउने सबै सामग्री बाहिरबाट आयात गरे । सामान्यतया हामीले पानीपुरी भनेपछि आफैंले पानी राखेर खानुपर्ने बुझ्छाैं । तर बस्यालले बनाएको यो पानीपुरी भने मेसीनको सहायताले मन परेको स्वादमा खान पाइन्छ । मन परेको स्वादका लागि बटम थिचेर आफूले छनाेट गर्न पाइन्छ ।


उनले ७ प्रकारका स्वादका पानीपुरीमध्ये आफुले चाहेको  एउटै मेसिनबाट छनाेट गर्नसक्ने बनाएका छन् । एमबीएमा डिग्री हासिल गरेका उनले अहिले कपनमा "पानीपुरी बार" नामबाट व्यवसाय सञ्चानलन गरेका छन् ।

पाल्पाका दामोदर बस्यालले ५ लाख रुपैयाँको लगानीमा शुरु गरेको पानीपुरी  बारमा विभिन्न ७ ओटा स्वादका पानीपुरी खान पाइन्छ ।

उनका अनुसार अहिले उनको मासिक आम्दानी मासिक औषत १ लाख ५० हजार रुपैयाँ हुने गरेको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका जागिरेसमेत रहेका बस्यालले जागिरलाई समेत निरन्तरता दिँदै व्यवसाय सम्हालिरहेका छन् ।

उनका अनुसार इमली, धनियाँ, पुदिना, अधुवा, कागती र तामाको स्वाद भएको पानीपुरी छ । सबै पानीपुरीको झोल मेसिनबाटै पाइन्छ । ग्राहकले आफूलाई मन परेको झोल राखेर पिरोको मात्रा पनि आफैंले रोजेर खानसक्ने उनले बताए । पानीपुरी बारको मुख्य उद्देश्य नै ग्राहकलाई विभिन्न परिकारको पानीपुरी एकै स्टेसनमा दिनसक्नु भएको उनको भनाइ छ ।

पानीपुरी बारमा अहिले दहीपुरी, चटपटे, चकलेटपूरी जस्ता २५  रुपैयाँदेखि १०० रुपैयाँसम्मका विभिन्न परिकार पनि पाइन्छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)