ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्यांकरले विस्थापित गरेको शताब्दी पुरानो खानेपानी आयोजना, मेलम्चीले ब्युँताउला ?

२०७८ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

चैत २०, काठमाडौं। करीब ३ दशक लामो प्रतिक्षापछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना गतवर्ष मात्रै काठमाडौं आयो । तर यस बीचमा काठमाडौंबासीको तिर्खा मेट्ने काम भने ट्यांकर व्यवसायीले धेरै गरे । तर, तिनै ट्यांकरमा पानी भर्न थालेपछि उपत्यकाका कयौं पुराना खानेपानी आयोजना लोप भएका छन् । 

विक्रम सम्वत १९९० को दशकमा निर्माण भएको पुरानो खानेपानी योजना 'खुवाङराङ रविभवन' योजना पनि ट्यांकरकै कारण लोप भएको एउटा आयोजना हो । अवशेष मात्रै बाँकी रहेको यो योजना तत्कालिन राणा प्राधानमन्त्री जुद्ध शमशेर राणाको ठाडो आदेशमा निर्माण भएको थियो । आयोजना मातातिर्थदेखि रविशमशेर राणाको दरवारमा खानेपानी ल्याउन मातातिर्थदेखि रविभवनसम्म निर्माण गरिएको थियो । 

यसरी बनेको थियो योजना
तत्कालिन समयमा कीर्तिपुरमा खानेपानीको चरमा अभाव रहेको थियो । स्थानियले खानेपानीको चरम अभाव भएको कुरा प्रधानमन्त्रीसँग विन्ती बिसाउने उचित समय खोजिरहेका थिए ।  तत्कालिन राणा शासकहरू उपत्यका बाहिर जाँदा/आउँदा चित्लाङ हुँदै काठमाडौं फर्कने गर्थे । सोहि समयमा स्थानियले मौका छोपेर प्रधानमन्त्री जुद्ध शमशेरको बाटो छेके । 

यसरी बाटो छेकिएपछि बाटो छेक्नुको कारण के हो भनि जुद्ध शमशेरले सोधेछन् । तत्कालै स्थानीयले पानी अभाव भएको कुरा बिन्ती बिसाए । राणा प्रधानमन्त्रीबाट कीर्तिपुरदेखि रविशमशेर राणाको दरवार सम्म तुरुन्त पानीको व्यवस्था गर्नु भन्ने हुकुम भएपछि यो आयोजना बनेको स्थानीय राममणी दाहालले बताए।

यसरी बन्द भयो 
दाहालका अनुसार मातातिर्थबाट चार ईन्चको फलामे पाइपबाट पानी ल्याईएको थियो । त्यतिबेला हरेक दिन २४ घण्टा पानी आउने गरेको उनको स्मरणमा छ ।

ट्याँकरमा खानेपानी बोक्न थालेपछि मुहान आसपासका स्थानीयले आफ्ना जग्गा वरपरका मुहानको पानि आफैले विक्री गर्न थाले । जसको कारण मुहानमा पानीको बहाव पनि कमहुँदा पानी सुचारु गर्न नसकि यो योजना बन्द भएको दाहालले बताए ।

यो आयोजना यहि एउटा मात्र कारणले रोकिएको भने होईन । २०६३ सालसम्म पनि निरन्तर पानी आईरहेको यो आयोजना त्यसपछी भने ममर्त नै गर्न नसकिने गरी बिग्रिएको हो ।

‘०६२/ ६३ तिर कीर्तिपुरका एक स्थानीय जलस्रोत मन्त्रालयमा सचिव थिए । उनी रहुन्जेल पानी निरन्तर चल्यो, उनको अवकासपछि भने पूर्णरुपमा बन्द भएको हो’ उनले आर्थिक अभियानसंग भने । 

मातातिर्थ आसपास र तल्लो एरियामा बस्ती बढ्दै जाँदा पाइपलाईन उखेल्दै गएपछि सञ्चालन नै गर्न नसक्ने गरी बिग्रएर बन्द भएको उनले बताए ।

‘पछिल्लो समय मुहान आसपासमा बस्ती बढ्दै गयो, यता बिग्रिएको पाइपलाईनलाई मर्मत र संरक्षणमा खासै चासो दिईएन,’ उनले भने । हाल प्लटिङ भइरहेका तथा ईट्टा भट्टा सञ्चालन भएका स्थानमा पुरानो पाइपलाईनको अवषेश स्पष्ट संग देख्न सकिन्छ ।  

 

पुनसंचालन गर्नै मुस्किल
यो आयोजना बन्द भएपछि स्थानीयले करीब एक दशक कष्टकर जीवन बिताएको दाहालले प्रत्यक्ष भोगेका छन्।

स्थानीय सरकार आएपछि वैकल्पिक व्यवस्था भएको छ । हाल यो ठाउँमा डीप बोरिङ गरिएको छ भने दुधपोखरीबाट पनि नयाँ पाइपलाईनमार्फत पानी ल्याईएको छ । त्यस्तै मेलम्चीको पाइपलाईन समेत पुगेको छ । 

यदि मेलम्चीको पानी निरन्तर काठमाडौं आएमा ट्याकंर व्यवसायीले विकल्प खोज्नुपर्ने हुनसक्छ । ट्याकंर व्यवसाय बन्द भएको खण्डमा मुहानको पानी पुन पुरानै अवस्थामा फर्कन सक्ने देखिन्छ । तर सो पानीलाई कीर्तिपुर ल्याउन नयाँ आयोजना बनाउनु पर्ने अवस्था छ । ऐतिहासिक योजनाको संरक्षण नगरी पाइपलाईन उखेलेरै घर बनिसकेकाले नयाँ लाईन बिस्तर गर्न समेत नसकिने अवस्था बनेको दाहाल बताउँछन् ।  
 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)