ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाललाई श्रीलंकासँग जोडेर हेर्न आवश्यक छैन, स्थिति नियन्त्रणमै छ : अर्थ

२०७८ चैत, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । अर्थतन्त्र पछिल्लो समय समस्यामा फस्दै गए पनि त्यसलाई स्वीकार्न अर्थ मन्त्रालयका अधिकारी तयार छैनन् । अर्थतन्त्रमा चाप परे पनि बाहिर चर्चा भएको जस्तो निराशाजनक अवस्था नभएको उनीहरूको बुझाइ छ ।

अर्थ मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला अर्थतन्त्र सुधार्न आफूहरूले काम गरिरहेको बताउँछन् । उनका अनुसार नेपालको अवस्थालाई श्रीलंकासँग जोडेर हेर्नु आवश्यक छैन । त्यो रुपमा नभई अर्थतन्त्र एउटा दबाबमा रहेको र सर्तकतासाथ काम गरे संकटबाट पार पाउन सकिने निष्कर्षमा मन्त्रालय पुगेको उनले बताए ।

फागुनमा ९१ अर्ब रेमिट्यान्स आउनुलाई मन्त्रालयले सकारात्मक मानेको छ । अहिले ६.६ महीनाको वस्तु र सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा छ । तर यो घटिरहेको छ, यसमा सतर्कतापूर्वक कदम चाल्न मन्त्रालय तयार रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंक, वाणिज्य तथा आपूर्ति र कृषि सहितका मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न खोजेको निरौला बताउँछन् । ‘हरेक निकायलाई एक्सन प्लान बनाउन भनिएको छ, एक्सन प्लानका आधारमा समस्यासँग जुध्ने काम हुनेछ,’ उनले भने । अर्थमन्त्रीका सल्लाहकार डा शालिकराम पोखरेलले संकट थप गहिरिन नदिन राष्ट्र बैंक, अर्थ मन्त्रालयसहित सरोकारवाला निकायले छलफल गरेर सुझाव तयार पारेको र त्यसलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने बताए । ‘प्राप्त सुझावलाई एकैचोटि नभई चरणबद्ध रुपमा कार्यान्वयन गरेर अर्थतन्त्रलाई संकटबाट पार लगाइने छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)