ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के तपाईंलाई पनि बिहेको निम्तोसँगै नयाँ लुगाको तनाव आउँछ ? अब भाडामा पाइन्छन् लुगा !

२०७८ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

चैत २९, काठमाडौं। तपाईं हामीमध्ये कतिपयको घरमा आफन्तको बिहेको निम्तो आउँदा खुसी होइन दुःखको माहोल बन्छ ।

बिहे भोजमा जाने र रमाइलो गर्ने रहर त सबैलाई हुन्छ । तर बिहेमा जाँदा लगाउने लुगाको विषय कहिलेकाही झगडाको कारण समेत बन्छ ।

एउटा समारोहमा लगाइसकेको लुगा अर्को समारोहमा लगाउँदा आफन्तले नै कुरा काट्छन् भन्ने पीरले महिला दिदी बहिनीहरूले नयाँ लुगा किन्ने जिद्धी गर्छन् । तर मध्यम वर्गिय परिवारमा हरेक बिहे, भोज वा अन्य कुनै पार्टी हुँदा नयाँ लुगा किन्न सक्ने क्षमता हुँदैन ।

तर अब भने बिहेमा जानलाई नयाँ लुगा किन्नै पर्ने बाध्यताको अन्त्य भएको छ । काठमाडौंको अनामनगरमा खुलेको खुलेको रेन्टल सेवा ले तपाईंलाई चाहिने जस्तो सुकै लुगा कपडा भाडामा दिने गरेको छ ।

न्युनतम ८०० देखि अधिकतम १ हजार २०० रुपैयाँसम्म तिरेर आफूलाई चाहिएको जस्तो सुकै लुगा भाडामा लिन सकिन्छ । लुगा भाडामा लिइसकेपछि ३ दिनपछि फिर्ता गर्नुपर्छ ।

हरेक पार्टी, समारोह, भोज, विवाह जस्ता ‍औपचारिक कार्यक्रममा जान हरेक पटक नयाँ पोशाक खरीद गर्नु मध्यम वर्गिय परिवारको लागि क्षमताभन्दा बाहिरको कुरा हो । 

एउटै कपडा लगाएर धेरै पार्टीमा जान नरुचाउने अहिलेको पुस्तालाई ध्यानमा राखेर कपनकी २३ वर्षीया युवती निस्ता न्यौपानेले भाडामा लुगा दिने व्यवसाय शुरु गरेकी हुन् ।

'धेरै लगाउनुहोस्, कम तिर्नुहोस्' भन्ने स्लोगनसहित उनले लुगा भाडामा दिने व्यवसाय शुरु गरेको बताइन् ।  

अहिलेको पुस्ताले आफू उपस्थित हुने समारोह तथा कार्यक्रमको प्रकृती हेरेर पोषाक तथा त्यसको डिजाईन छनौट गर्ने गर्दछन् ।  विभिन्न साँस्कृतिक कार्यक्रमका लागि भाडामा पोषाक उपलब्ध हुने भए पनि विवाह पार्टीलगायतका समारोहका लागि भाडामा लिन पाईंदैनथ्यो ।

बजारको यहि कमीलाई व्यवसाय बनाउने सोचसहित न्यौपानेले १ लाख रुपैयाँ लगानीमा उक्त स्टोर सञ्चालनमा ल्याएकी हुन् । व्यवसाय शुरू गरेको एक वर्ष मात्रै भएपनि यसबाट उनले सकारात्मक प्रतिक्रिया पाएकी छिन् ।  

यस्ता कपडाहरु प्रायजसो बिहेको सिजनमा धेरै भाडामा जान्छन् । बिवाहको लगन हुने महीनामा मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताइन् ।

हरेक पेशा व्यवसायमा जोखिम रहेको भन्दै जोखिम लिन सकेमात्र सफल भईने उनले बताइन् । ‘जोखिम लिन नडराउनुहोस्, आफू र आफ्नो क्षमतामा विश्वास गर्नुहोस्, एकदिन सफल भईन्छ’, उनले भनिन् ।

उनले लुगा भाडामा दिंदा तीन दिनको लागि भाडामा दिने गरेको बताइन् । ग्राहकलाई हतारो नहोस भन्ने मनसायले तीन दिनको लागी लुगा भाडमा दिएको उनको भनाइ छ ।

ग्राहकले स्टोरमै आएर आफूलाई मनपर्ने कपडा र डिजाईन अनुसार छानेर लगाउन सक्छन् । उनको स्टोरमा हरेक उमेर समूहका महिलाको लागि लुगा भाडामा पाइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)