ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले गाडी आयातमा गरेको कडाइको असर वीरगञ्ज भन्सारमा देखिन थाल्यो, गाडी आयात ठप्प 

२०७८ चैत, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

चैत ३०, वीरगञ्ज । सरकारले गाडी आयातमा गरेको कडाइको असर वीरगञ्ज भन्सारमा देखिन थालेको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट एक सातायता एउटै गाडी आयात भएको छैन ।

‘भन्सारको यार्ड र रक्सौलमा करीब १ हजार नयाँ गाडी थन्किएका छन् । तर, एक हप्तायता कुनै आयातकर्ताले जाँचपास गराएका छैनन्,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल आर्थिक अभियानसित भने । 

वीरगञ्ज सवारीसाधन आयात हुने मुख्य नाका हो । नेपाल राष्ट्र बैंकले विलासी वस्तु आयातमा गरेको कडाइ र बैंकमा लगानीयोग्य रकम अभावका कारण गाडीको जाँचपास रोकिएको भन्सार अधिकारी बताउँछन् । 

भन्सार यार्डमा आइसकेका गाडीसमेत जाँचपास गराएका छैनन् । बैंकले गाडीमा कर्जा दिन छाडेका छन् । माग नै नआएपछि आयातकर्ताले भन्सारको यार्ड र भारतीय सीमावर्ती शहर रक्सौलका गोदाममा गाडी थन्क्याएर राखेका छन् । 

आयात उच्च दरले बढिरहेका बेला विप्रेषण घटेपछि सरकारले आयातमा कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब भएको भन्दै त्यसको असर न्यूनीकरण गर्न आयात घटाउने नीति लिएको हो । 

सरकारले विलासी वस्तुको आयात घटाउने भने पनि बैंकहरूले अन्य वस्तुका लागि समेत एलसी खोल्न छोडेका छन् । यसले व्यापारमा अन्योल बढाएको व्यवसायी राजेश क्याल बताउँछन् । 

वीरगञ्ज नाकाबाट विलासीबाहेकका वस्तुको आयात पनि उल्लेख्य परिमाणमा घटेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । आयात घटेसँगै वीरगञ्ज भन्सारको राजस्व पनि प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को चैतको राजस्व लक्ष्य पूरा नहुने देखिएको पौडेलले बताए ।  अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)