ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच वर्षमा राम्रो काम गरेको फलेबास नगरपालिकाको दाबी

२०७९ बैशाख, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको  फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिसहितको श्वेतपत्र सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रममा पाँच वर्षका १ सय उपलब्धि सार्वजनिक गरिएको हो । नेपाल नगरपालिका संघबाट उत्कृष्ट भएर पुरस्कृत समेत भएको नगरपालिकामा दर्जनौं राम्रा अभ्यास र विकास निर्माणका काम भएको पालिकाले दाबी गरेको छ ।

नगरपालिकाले पाँच वर्षको अवधिमा नगर विकास गुरुयोजना निर्माण, भौतिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत सुशासनका क्षेत्रमा भएको प्रयासहरूलाई समावेश गरिएको छ ।

 फलेबास नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजनाका लागि निरन्तर लबिङ गरेको तथा पोखरा–कार्किनेटा–खानीगाउँ हुँदै वाग्लुङको जैमनी–गल्कोट जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका लागि काम गरेको बताएको छ । त्यस्तै पोखरा, लुम्ले, अन्नपूर्ण पदमार्गको पर्यटकीय लाभ लिन सक्नेगरी योजनासहित मनमोहन शान्तिवाटिका तथा खुम होमस्टे प्रवर्द्धनको काम गरिएको छ । फलेबासको विकासका लागि क्लिन फलेबास अभियान सञ्चालन गरिएको छ । अभियानमा ५ हजारभन्दा बढी घरधुरी समावेश भएका छन् ।

फलेबासमा ४ सय १२ किलोमिटर सडकको ट्र्याक खनिएको छ । बाहिरी तथा भित्री चक्रपथ र लिंक रोड बनाउने काम पनि यस अवधिमा भएको नगरपालिकाले जानकारी दिएको छ । स्वास्थ्य सेवा, शिक्षा, उद्योगबाट रोजगारी सृजना लगायतका नमुना काम पनि गरेको छ ।

नगरप्रमुख पदमपाणि शर्माले आफ्नो टिम निर्वाचित भएर आएपछि फलेबासमा हरेक क्षेत्र उत्कृष्ट बनाउन सफल भएको दाबी गरेका छन् । उनका अनुसार नगरपालिका संघबाट वित्तीय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट बनेर पुरस्कृत भएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्यांकनमा गण्डकी प्रदेशका ८१ ओटा स्थानीय तहमध्ये उत्कृष्ट भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)