ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकीकृत कृषि बजार तयार हुँदै

२०७९ बैशाख, ८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपज बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुरको सहयोगमा उक्त संरचना निर्माण गरिरहेको हो ।

नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले एकीकृत कृषि बजारमा १ सय ५० सटर निर्माण हुने बताए । उनका अनुसार नगरपालिकाले सय सटर केन्द्रसँगको सहकार्यमा र बाँकी आफ्नै स्रोतबाट निर्माण गरिरहेको छ ।

भीमदत्त–४ को खुलामञ्चनजिकै एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ ।

५० सटरका लागि एमडी कन्सट्रक्शनसँग १ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सय सटर निर्माणका लागि एमके/निरज जेभीसँग ३ करोड ९६ लाखमा सम्झौता भएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको इञ्जिनीयर भट्टको भनाइ छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य छ ।

नगरपालिकाले कृषि उपज बजारीकरणका लागि उक्त संरचना निर्माण गरेको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार संरचना निर्माण भएपछि सबै किसिमका कृषि उत्पादनलाई एकीकृत गरी बजार व्यवस्थापन गरिनेछ । नगरपालिकाले कृषि उत्पादन बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्य लगायत काम गरिरहेको छ । बजार निर्माण भएपछि नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्ने अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)