ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६५% सम्म सस्तियो सिजनेबल तरकारीको भाउ, काँक्रा १५ रुपैयाँ किलो, घिरौला ३५ रुपैयाँमै  !

२०७९ बैशाख, १६  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

बैशाख १६, काठामाडौ । स्वदेशमै उत्पादन भएका तरकारी बजारमा आउन थालेपछि तरकारीको मूल्य ६५ प्रतिशत सम्म घटेको पाइएको छ । 

 कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङक अनुसार एक महीना अघि घिरौलाको मूल्य प्रतिकिलो १०० रुपैयाँ नाघेकोमा अहिले ३५ रुपैयाँमा झरेको छ । खुद्रा बजारमा भने घिरौलाको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ रहेको छ ।

त्यसैगरी, हाईब्रिड काक्रो एकमहीना अघि प्रतिकिलो ४० रुपैयाँ रहेकोमा अहिले घटेर प्रतिकिलो १५ रुपैयाँमा आएको छ ।काक्रोको खुद्रा विक्री मूल्य भने प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म रहेको छ ।

यस्तै तिते करेलाको मूल्य भने अहिले बजारमा प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँमा विक्री भइरहेको छ । एक महीना अघि तिते करेलाको मूल्य थोकमै ११० देखि १२० रुपैयाँ सम्म रहेको थियो ।

यस्तै बजारमा यी तरकारीहरुको मूल्य मात्र घटेको छैन । पछिल्लो एक महीनामा कालिमाटी बजारमा गोलभेडा, परवल, लौका, भिण्डी, आदीको मूल्य पनि घटेको छ । तर अकबरे खुर्सानी, कागती, धनिया, गुन्द्रक हरियो लसुन, प्याज जस्ता तरकारीको मूल्य भने केही बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा नेपालमा उत्पादित तरकारी आउन शुरु भएसँगै तरकारीको मूल्य घट्न थालेको हो । अहिले अधिकांस तरकारीको मूल्य ५० प्रतिशत हाराहारी घटिसकेको छ ।

बजारमा वर्खे तरकारी भित्रिए सँगै हरियो तरकारीको मूल्यमा कमी आएको कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका प्रवत्ता विनय श्रेष्ठले जानकारी दिए ।

हिउँदे तरकारिको सिजन सकिएकाले काउली, बन्दा लगायतका तरकारीको मूल्य बढेको र वर्खे तरकारीहरु आउन थालेकोले सिमि,बोडी,लौका,घिरौला,आलु लगायतको मूल्यमा कमि आएको उनले बताए ।

उनका अनुसार चालु आर्थीक वर्षको ९ महिनमा २ लाख तिन हजार ७०९ मेट्रिक टन तरकारी कालिमाटी बजार भित्रिएको छ ।

जसमध्ये ४२ प्रतिशत भारत, चिन र बंगलादेशबाट आयात गरिएको र बाकीँ ५८ प्रतिशत आन्तरीक उत्पादन रहेको श्रेष्ठले जानकारी दिए ।

आन्तरीक उत्पादन मध्ये धादिङ्, मकवानपुर,काभ्रे,चितवन रसर्लाहिबाट धेरै तरकारी भित्रिने उनले बताए ।

अघिल्लो वर्षको सोहि अवधिमा १ लाख ७१ हजार मेट्रिक टन तरकारी कालिमाटी बजार भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष आयात तथा आन्तरिक उत्पादन दुबै बढेको श्रेष्ठले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)