ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर !

२०७९ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

वैशाख २२, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक अर्कामा मर्ज हुने भएका छन् ।

बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेको बेला दुई कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । बिहीवार दुवै कम्पनीका सञ्चालक समितिबीच एक अर्कामा मर्जरमा जाने समझादारी भएको हो ।

उक्त समझादारी पत्र (एमयोयु) मा एभरेष्ट इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एभरेष्ट इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले हिमालयन जनरलसँग एकअर्कामा मर्ज हुने गरि समझादारी भएको आर्थिक अभियानलाई बताए ।   

मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरिएको छ । अब उक्त कमिटीले नै मर्जरको थप प्रक्रिया अगाडि बढाउने छ । 

‘अब मर्जर कमिटीले सम्पत्ति दायित्व मुल्यांकन गर्ने (डीडीए), स्वाम रेसियो निर्धारण गर्नेदेखि मर्जरपछि कम्पनीको संरचना कस्तो बनाउनेसम्मको निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसपछि हामी एक अर्कामा मर्ज हुनेछौं । एक अर्कामा मर्ज हुने भएकाले कम्पनीको नाम पनि दुवै कम्पनीको अस्तीत्व हुने गरि राखिने छ ।’

साथै, चालु आर्थिक बर्ष भित्रनै एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए । ‘अब समितिबाट सैद्धान्तिक स्वीकृत लिएर आवश्यक प्रक्रिया अगाडि बढाँउछौं । समग्रमा चालु आव भित्रनै एकीकृत कारोबार गर्ने हाम्रो प्रारम्भिक लक्ष्य हो,’ उनले भने, ‘बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बनाउने पनि हाम्रो लक्ष्य हो ।’

बीमा समितिले एक महिनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।  

आगमी चैत मसान्तभित्र चुक्तापूँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने समितिको निर्देशन छ । चुक्तापूँजी बढाउने नाममा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिनुनै समितिको मनाशय छ । सोही सन्दर्भमा यी २ कम्पनी मर्जर जाने समझौता गरेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)