ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीमाटी तरकारी बजारका स्टलको सम्झौता सकिंदै, नयाँ सम्झौता गर्दा किसानले पनि पाउने

२०७९ बैशाख, २७  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

वैशाख २६, काठमाडौं । उपत्यकाको ७० प्रतिशत माग धान्ने कालीमाटी तरकारी बजारमा रहेका स्टलहरुको सम्झौता आगामी आर्थिक बर्ष  ०७९/८० मा सकिंदै छ ।

२०६५ साउनमा भएको व्यवसायहरु संगको १५ वर्षे सझौता अनुसार २०८० असार मसान्तमा सम्झौताको अवधी सकिने कलीमाटी फलफूल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अहिले कालीमाटीमा थोकमा चार सय ५४ ओटा स्टल र खुद्रातर्फ ६१ ओटा स्टल छन् । अन्य सेवामूलक ५०, कार्यालय सञ्चालनतर्फ सात र विविध सेवातर्फ चारओटा स्टल रहेका छन् । बजारमा अहिले प्रति स्टल मासिक सरदरमा १० हजार देखि १५ हजार रुपैयाँसम्म  भाडा रहेको छ ।  

श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेकै व्यवसायीलाई नै निरन्तरता दिने वा नयाँ प्रक्रियाबाट स्टल लिजमा दिने भन्ने बिषयमा छलफल भईरहेको  छ । तरकारी बजार  सञ्चालनको लागि पुरानो नियमावली परिमार्जन हुने क्रममा रहेकाले निमावली तयार भएपछि सोहि अनुसार समय तोकिने उनले जानकारी दिए ।  

'यस अघि स्टल सम्झौता १५ वर्षको लागि गरिएको थियो, यो पटक नियमावलि परिमार्जन हुदै गरेको छ । नियमावली बनेपछि सोहि अनुसार गर्छौं,' उनले भने । 

नयाँ नियमावली परिमार्जन भइ केहि प्राबधानहरु हेरफेर हुनेछन् र ती प्राबधान पालना गरेका व्यवसायीलाई निरन्तरता दिइने पनि उनले बताए  । 

पहिले निवेदन आउनेहरुलाई व्यवसायमा संलग्न हुने नहुने सबैलाई स्टल दिने गरिएको थियो । अब भने त्यस्तो नहुने श्रेष्ठले बताए ।

'अबको सम्झौतामा स्टल वितरण कार्यविधि अनुसार वितरण गरिने छ । स्टल वितरण कार्यविधिले निश्चित मापदण्ड निर्धारण गरेको छ । जसले गर्दा मापदण्ड मिट गर्नेले स्टल पाउनेछन् ।' श्रेष्ठले भने  'उक्त कार्यविधि अनुसार स्टल पाउने व्यक्तिको उत्पादन संगको संलग्नता कस्तो छ, कस्तो किसिमको व्यापार व्यवसायमा संलग्न छ, नियम अनुसार सम्बन्धित निकायमा दर्ता हुनुपर्ने, कारोबार कसरी गरेको छन्, व्यवसाय प्लानहरु केकस्ता छन् जस्ता कुराहरुलाई विश्लेषण गरिसकेपछि उनीहरूले त्यहिँ अनुसार ठाउँ पाउँछन् । नियामवली अनुसारको क्राईटेरिया मिट गरेन भने स्टल पाउदौनन् ।'

स्टल पाउने व्यक्ति सकभर टारगेटेड हुनुपर्ने, जो यो पेसामा आबद्ध छन्, जसले केहि गर्छु भन्छन् उनीहरुले पाउनुपर्ने श्रेठले बताए ।

आगामी सम्झौतामा बास्तविक किसानलाई पनि समेटिने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार कुनै पनि किसानले उल्लेखित मापदण्ड पुरा गर्छ भने उसले पनि स्टल पाउने छ ।

किसानलाई बाह्रै महिना स्टल नचाहिने  र सिजनमा आफ्ना उत्पादन बजारमा ल्याएर बिक्री गर्न सकुन भन्ने उद्भेश्यले  किसानका लागि  पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

बजार व्यवस्थापन समितिले किसानका लागि १२ ओटा स्टल होल्ड गरेर राखेको पनि उनले जानकारी दिए । जसमा किसानले आफै आएर आफ्नो उत्पादन बेच्न सक्नेछन्  । 

यस अघि बिचौलियाहरुले दबाब र पहुँचका भरमा सस्तो मुल्यमा स्टल भाडामा लिने र महँगो मूल्यमा  व्यवसायीलाई भाडामा लगाउने गरेको पाईएको थियो । तर नयाँ कार्यविधि बनेपछि भने त्यस्तो नहुने श्रेष्ठले बताए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)