ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तह निर्वाचन - २०७९  मतदान शुरु

२०७९ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
काठमाडौंको बसन्तपुरमा मतदान गर्न लाइनमा बसेका मतदाताहरु । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
author avatar सुनिल शर्मा

 वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार बिहानबाट मतदान शुरु भएको छ ।

 निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् ।

बिहान सात बजेदेखि नै देशैभर मतदान शुरु भएको निर्वाचन आयोगले बताएको छ ।  मतदान बिहान ७ बजेबाट शुरु भएर साँझ ५ बजेसम्म जारी हुनेछ ।

नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो । निर्वाचनमा कुल १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार आगामी पाँच वर्षका लागि मुलुकभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  ओटा स्थानीय तह र ६ हजार ७४३ ओटा वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न मतदान शुरु भएको हो ।

मुलुकभरका सबै मतदान केन्द्रमा  सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करीब साढे २ लाख सुरक्षाकर्मी खटाइएको छ ।

काठमाडौं  महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रबाट उमेद्वारी दिएका बालेन शाह पनि अहिले मतदानका लागि बसन्तपुर मतदानकेन्द्रमा आइपुगेका छन् ।  बसन्तपुर मतदान केन्द्रमा मतदानका लागि सर्वसाधारणहरु लाइनमा बसेका छन् ।

‘मत हाल्न के चाहिन्छ ?
मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउनेछन् ।

‘मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बद्ध निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ उनले भने ।

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)