ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'मेयरमा जित्नेमा सतप्रतिशत विश्वस्त छु, जितपछि भरतपुरलाई देशकै नमुना शहर बनाउँछु' : रेणु दाहाल

२०७९ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ३०, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुरलाई देशकै नमुना शहर बनाउने घोषणा गरेकी छिन् ।

मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा सतप्रतिशत विश्वस्त रहेको पनि बताएकी छिन् ।

आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने उनको दाबी छ । उनले आफूले जितपछि भरतपुरलाई देशकै नमूना शहर बनाउने पनि घोषणा गरिन् ।

दाहालले भनिन्, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमूना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’

दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार छिन् । उनको मुख्य प्रतिष्पर्धीको रुपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल रहेका छन् । देशवासीले भरतपुर महानगरपालिकाको निर्वाचनलाई मुख्य चासोका साथ हेरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)