ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 वीरगञ्जबाट आयात ठप्प, औद्योगिक क्षेत्र प्रभावित

२०७९ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले सीमा नाकाबाट शुक्रवार (आज) आयातित मालवस्तुसमेत नभित्र्याउने भएको छ ।

स्थानीय निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राखेर मंगलवार मध्यरातदेखि सीमा नाका बन्द भए पनि बिहीवारसम्म आयातित वस्तु भन्सार हातामा ल्याउने कार्य जारी थियो । 

इन्धन र अत्यावश्यकीय मालसामानको भन्सार जाँचपास पनि भइरहेको भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमा नाकाबाट हुने सवारी र मानिसको आवागमन बन्द भए पनि मालसामानको आयात भने रोकिएको थिएन । 

भन्सारले इन्धन र अत्यावश्यकीय मालसामानको जाँचपास जारी राखेको छ । ‘नाका बन्दका कारण अत्यावश्यक वस्तुको आपूर्ति असहज नहोस् भनेर भन्सारमा मालसामान भित्र्याउने र जाँचपासको काम जारी राखिएको हो,’ पौडेलले भने । बुधवार अत्यावश्यक वस्तुका केही ट्रक जाँचपास गरेर पठाइएको भन्सारले बताएको छ । भारत जाने खाली ट्रकहरू पनि छोडिएको भन्सारले जानकारी दिएको छ । 

भारतबाट आएका ढुवानीका साधन भारतीय क्षेत्रमा जाम लाग्ने भएपछि त्यस्ता मालवाहक साधनलाई आउन दिइएको पौडेलले बताए । एकीकृत जाँच चौकी (आईसीपी) बाट मालसामान भित्र्याइएको भन्सारले बताएको छ । आईसीपीबाट मानिसको आवागमन हुँदैन । मितेरीपुल हुँदै वीरगञ्ज प्रवेश गर्ने नाका भने बन्द राखिएको छ । 

शुक्रवार भने भारतबाट मालसामान भित्र्याउने काम पनि बन्द रहने पौडेलले जानकारी दिए । मतदानको दिनमा भने वीरगञ्जलगायत सबै भन्सार कार्यालयले मालसामान भन्सार हातामा नभित्र्याउने पौडेलले जानकारी दिए । आयात–निर्यात र आवागमन परिमाणका आधारमा वीरगञ्ज मुख्य नाका हो । 

यो नाकाबाट दैनिक २ हजार मालवाहक, ४०० हाराहारी यात्रुवाहक सवारीसाधन र २ हजार यात्रुको ओहोरदोहोर हुन्छ । 

औद्योगिक क्षेत्र पनि प्रभावित 
चुनावमा भोट हाल्न कामदार, कर्मचारी आआफ्नो घरतर्फ गएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको छ । बुधवारदेखि नै उद्योगको लोडिङ हुन नसकेको उद्योगी राजेश क्यालले बताए । ढुवानीमा काम गर्ने चालक र मजदूर नभएपछि मालसामान पठाउन नसकिएको क्यालको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)