ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर महानगरमा रेणु दाहाललाई विजय सुवेदीले उछिने, जगन्नाथलाई ८ मत मात्रै

२०७९ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

बैशाख ३१, चितवन । भरतपुर महानगरपालिकामा पहिलो १०० मत गन्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले ४१ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३७ मत ल्याएकी छन् । त्यस्तै नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूको प्रतिनिधित्व गरेका जगन्नाथ पौडेलले भने ८ मत मात्रै ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत पाएकी छिन्।

भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान१२ बजेबाट शुरु गरिएको मतगणनामा महानगरपालिकाको वडा नम्बर १को मतगणना भइरहेको छ ।

हाल मतगणना एकठाउंँबाट मात्र शुरु गरिएको छ । यो वडामा कुल ५०७६ मतदाता मध्ये ३ हजार २७६ मत खसेको थियो । १ नम्बर वडाको मत परिणाम सकिने बित्तिकै क्रमश २,३,४ वडाको गरी मतगणना शुरु गरिने छ ।

भरतपुर महानगरपालिकामा कुल १ लाख ८५ हजार ७५१ जना मतदातामध्ये शुक्रबार भएको निर्वाचनमा १ लाख २५ हजार मत खसेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)