ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोल लिटरकै १७० रुपैयाँ

२०७९ जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

काठमाडौं (अस) । सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्टै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमले शनिवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । योसँगै निगमको थानकोट डिपोबाट १५ किलोमिटर दूरीभित्रका उपभोक्ताले १ लिटर पेट्रोलका लागि १७० रुपैयाँ तिर्नुपर्ने भएको छ । डिजेल र मट्टीतेलको लागि १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ ।

मूल्य बढाएपछि पनि पेट्रोलियम पदार्थमा घाटा हुने निगमको दाबी छ । पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ३६ पैसा र डिजेलमा ३१ रुपैयाँ ४४ पैसा घाटा रहेको निगमको भनाइ छ । अबको १५ दिनमा ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने निगमले दाबी गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणलाई अझै चर्को महंगीको भारी बोकाउने देखिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अब ढुवानी भाडा बढ्नेछ । त्यसको ‘चेन इफेक्ट’ सर्वसाधारणको भान्छादेखि व्यवसायको लागतसम्ममा देखिनेछ । जसबाट एकातिर सर्वसाधारण चर्को महंगी सहन बाध्य हुनेछन् भने व्यवसायको लागत बढ्न गई आर्थिक गतिविधिसमेत सुस्ताउन सक्छ ।

चर्को महंगीले कम आय वर्गका नागरिकलाई गरीबीको रेखामुनि धकेल्छ । अक्सफाम इन्टरनेशनलको एक अध्ययनले खाद्य वस्तुको मूल्यवृद्धिका कारण विश्वका २५ करोडभन्दा बढी मानिस चरम गरीबीको अवस्थामा धकेलिने देखाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)