ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनीको नाफा घट्यो

प्रमुख कारण ओरालो लागेको शेयरबजार

२०७९ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भने स्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ ।

कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू आवको चैत मसान्तसम्म १९ जीवन बीमा कम्पनीको कुल नाफा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ छ । यो अघिल्लो आवको सोही अवधिको दाँजोमा ९४ करोड ४६ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३ अर्ब १६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बीमा कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बीमांकीय मूल्यांकनपछि उनीहरूको नाफा बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा जीवन बीमाकोषबाट केही रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यसले नाफाको आकार बढाउन मद्दत गर्छ ।

चालू आवको ९ महीनामा ८ कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको दाँजोमा उच्च दरमा घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल), नेशनल, प्रभु, प्राइमलाइफ, सूर्या, युनियन र मेटलाइफको नाफा घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने सो अवधिमा १९ करोड ४५ लाख रुपैयाँले घाटा नै बेहोर्नु परेको छ । अघिल्लो आवको ९ महीनासँग तुलना गर्दा नेपाल लाइफको नाफा १३८ प्रतिशतले ऋणात्मक हो । गत आवसम्म नेपाल लाइफ नाफा कमाउने पहिलो नम्बरको कम्पनी थियो । चुक्ता पूँजी, जीवन बीमाकोष, व्यवसायको आकारलगायत आधारमा नेपाल लाइफ सबैभन्दा ठूलो जीवन बीमा कम्पनी पनि हो ।

११ ओटा कम्पनीको नाफा भने पोहोरको तुलनामा बढेको छ । उक्त अवधिमा कम्पनीमा ज्योति, रिलायन्स, सानिमा, सन नेपाल, गुराँस लाइफले दोहोरो अंकले नाफा बढाएका छन् । महालक्ष्मी, रिलायबल नेपाल, राष्ट्रिय बीमा संस्थान, आईएमई, एशियन र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा वृद्धिदर भने एकल अंकमा छ ।

शेयरबजार घट्दा बीमा कम्पनीहरूको नाफा घटेको बताइएको छ । बीमा कम्पनीहरूले शेयर बजारमा समेत ठूलो रकम लगानी गरेका छन् । तर, पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्दो क्रममा छ । त्यसक्रममा बीमा कम्पनीहरूले किनेको शेयरको मूल्य पनि घटेको छ । फलस्वरूप उनीहरूको नाफा घट्न गएको प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले बताए ।

‘हामीले किनेको शेयर होल्ड नै भए पनि त्यसको मूल्य जति घटेको छ, त्यस बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्लो समय शेयरबजार घट्दा बीमा कम्पनीहरूले किनेको शेयर मूल्य पनि घटेको छ । त्यसबापतको रकम प्रोभिजनिङ गर्दा कम्पनीहरूको नाफा प्रभावित भएको हो ।’

यस्तै, पछिल्लो समय बीमा कम्पनीहरूको खर्च पनि बढेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या, समग्र अर्थतन्त्र अप्ठ्यारोमा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । तर, बीमा कम्पनीहरूले व्यवसाय बढाउन लगानी बढाएका छन् । तयसले गर्दा पनि कम्पनीहरूको नाफा घटेको भट्टराई बताउँछन् ।

‘पछिल्लो समय जीवन बीमा व्यवसाय उत्साहजनक छैन । व्यवसाय बढाउन कम्पनीहरूले लगानी भने बढाएका छन् । तर, त्यसको प्रतिफल आएको छैन,’ उनले भने, ‘बीमाकोषमा राम्रोसँग योगदान नै गर्न सकिएको छैन । यी कारणले गर्दा अहिले बीमा कम्पनीहरूको नाफा प्रभावित भएको छ ।’

यस अवधिमा नाफा कमाउने मामलामा नेशनल लाइफ पहिलो नम्बरमा देखिएको छ । चालू आवको चैत मसान्तसम्म उक्त कम्पनीले २५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफाको हिसाबले दोस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफले २१ करोड र ज्योति लाइफले २० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरणले देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)