ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुरमा ३ वडाको मतपरिणाम : एमाले-राप्रपा र कांग्रेस-माओवादी दुबै गठबन्धनमाथि प्रश्न चिन्ह !

२०७९ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ २, चितवन । २०७४ को स्थानीय निर्वाचनमा हट सिट बनेको भरतपुर महानगरपालिकाको चुनावी माहोल ५ वर्षपछि पनि त्यत्तिकै चर्चामा छ ।

महानगरको नेतृत्व लिन नेकपा एमाले र राप्रपाको गठबन्धनबाट विजय सुवेदी मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत ५ दलिय गठबन्धनबाट रेणु दाहाल मेयरको प्रतिस्पर्धामा छिन् ।

तर अहिलेसम्मको मतपरिणाम मूल्याङ्कन गर्ने हो भने भरतपुरमा नाम मात्रैको गठबन्धन गरिएको प्रस्टै देखिन्छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मको  ११ हजार ३२८ मत गणना गर्दा एमाले-राप्रपा गठबन्धनबाट मेयर उठेका एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत ल्याउँदा राप्रपाबाट उपमेयर उठेकी हिमला गुरुङले ३ हजार ७० मत मात्रै पाएकी छिन् ।

माओवादी-कांग्रेस गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार ८९४ मत पाउँदा कांग्रेसबाट उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ४७६ मत पाएका छन् ।

कांग्रेसका उपप्रमुख उम्मेदवारले धेरै मत पाएर प्रमुखका उम्मेदवारलाई कम मत खस्नुको पछाडि जगन्नाथ पौडेल कारक मानिएका छन् । कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गरेर पौडेलले मेयरमा स्वतन्त्र प्रतिस्पर्धा गरिरहेका छन् । उनले १ हजार ५७२ मत प्राप्त गरेका छन् ।

मेयरमा रेणु र जगन्नाथलाई बाँडिएको भोट उपमेयरमा भने सोझै चित्रसेनलाई गएका कारण रेणु दाहालको भन्दा चित्रसेन अधिकारीको मत ५८२ ले बढी छ ।

तर एमाले-राप्रपा गठबन्धनमा भने मेयरमा अर्का प्रत्यायसी नभएका कारण मेयर र उपमेयरको मतान्तर धेरै नहुने अपेक्षा गरिएको थियो । तर यहाँ मेयरमा विजय सुवेदीले ३ हजार ९४४ मत पाउँदा उपमेयरमा हिमला गुरुङले भने ३ हजार ७० मत मात्रै पाएकी छिन् । जुन सुवेदीले पाएको भन्दा ८७४ मत कम हो ।

शुरुवाती मतपरिणाम हेर्दा सबैले मेयर कसरी जित्ने भनेर एकअर्काबीचमा तालमेल गरेपनि कांग्रेस-माओवादी र एमाले-राप्रपा दुबै गठबन्धनलाई मतदाताले अस्वीकार गरेको देखिन्छ । 

गठबन्धनका कारण पकड भएका वडामा पनि किचलो

गठबन्धनका कारण वडा तहमा पनि राजनीतिक किचलो शुरु भएको छ । वडा नं ३ को ३ हजार २४४ मत गणनापछि एमालेका विकास थापाले १ हजार ६६६ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भरत लामिछाने भने १ हजार ४९ मत ल्याएर पराजित भए । जवकी चितवनमा वडा नम्बर ३ लाई कांग्रेसको पकड क्षेत्रको रुपमा गनिएको थियो ।

रमाइलो कुरा त के छ भने वडा अध्यक्षमा झन्डै १७ सय मत ल्याएको एमालेले मेयरमा भने एक हजार २७ मत मात्रै पाएको छ । अनि वडा अध्यक्षमा १ हजार ४९ मत मात्रै पाएको कांग्रेसले मेयरमा भने रेणु र जगन्नाथलाई गरेर झन्डै १७ सय मत गएको छ ।

फेरी उपमेयरमा भने कांग्रेसकै उम्मेदवार हुँदा पनि चित्रसेनले १ हजार २८४ मत मात्रै पाएका छन् । मेयरमा झन्डै १७ सय मत पाएको एमाले गठबन्धनमा पनि उपमेयरमा हिमलाले भने ७४३ मत मात्रै पाएको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)