ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालेनहरूको लहर चल्दा ११औं पटकमा पराजित भए नरसिंह, पञ्चायतकालदेखिको ५० वर्षे  विरासत ढल्यो

२०७९ जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । पञ्‍चायतकालदेखि नै वडामा निरन्तर विजयी हुँदै आएका नरसिंह व्यञ्‍जनकारलाई यसपटक भने उनकै भतिजले पराजित गरे। 

आफ्नो जीवनकालका सुनौला ५० वर्ष वडा अध्यक्षकै रुपमा बिताएका व्यञ्जनकारको ११औं पटकको बिजय यात्रा रोक्ने कारक बने उनकै भतिज रबिन व्यञ्‍जनकार । 

ललितपुर महागरपालिकाको वडा नम्बर १० कुपन्डोलमा स्वतन्त्रबाट लडेका नरसिंहलाई हराउँदै कांग्रेस उम्मेदवार रबिन व्यञ्‍जनकार विजयी भएका हुन्।  रबिनले ८२५ मत प्राप्त गर्दा नरसिंहले ५४३ मत प्राप्त गरेका छन्। नरसिंह यसअघि १० पटक वडाध्यक्षमा विजयी भएका थिए। 

उनी १० पटक चुनाव जितेकै कारण चर्चाचमा रहेका भने होईनन् । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर चिरपरिचित पुराना राजनीतिक दललाई पछि पारेका बालेन साहका गूरु समेत भएको भन्दै चर्चा चुलिएको छ । 

महानगरमा स्थापित पार्टीलाई चुनौती दिएका बालेन्द्र साहको चुनावी प्रचारमा व्यञ्जनकारका छोरा खटिएका छन भने साह पनि व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्ने भन्दै मतगणना स्थल पुगेका थिए । 
यता तीनै साहले रैथाने दलमाथि दोब्बर मतान्तर बनाइरहँदा उनकै गूरु भनिएका व्यञ्जनकार भने पराजित भएका हुन ।

बालेनले व्यञ्जनकारकै भिजनबोकेर महानगरमा आएका भएपनि ललितपुरले भने त्यो भन्दा राम्रो भिजन उनकै भतिज रबिनमा  देखेको छ ।

देशमा पटक पटक व्यवस्था फेरिंदा त्यसको साक्षि पनि बने नरसिंह । चरम राजतन्त्र हुँदा होस या पञ्चायत हुँदा उनि जनताकै सेवामा लागे । घरदैलोमै पुगेर सेवा दिए । देश द्वन्दमा फस्यो ठूला परिवर्तनकारी आन्दोलन समेत भए उनी उसैगरी लागिरहे । 

जनतासंगै रहने सरल स्वभाव र बढी महत्वकांक्षा नदेखाउने उनको स्वभाव थियो । बाटोघाटो जुनसुकै स्थानमा जनताको काम गर्थे । घरमै पुगेर सिफारीस गरिदिन्थे । कार्यलयको लेटरप्याड र छाप संगै बोकेर हिड्थे, जनतालाई सकेसम् सहज होस भन्ने सोच्थे । यो नै उनले ५० वर्षसम्म अध्यक्ष हुनुको कारण भएको स्थानीयहरू बताउँछन् ।

तत्कालिन पञ्चायती शासनमा पञ्चेदेखि पटक पटक मनोनित र निर्वाचित हुँदै उनले १० पटक सम्म स्थानिय नेतृत्व लिएका हुन । पञ्चायत कालमा पञ्चे थिए ३६ सालमा राजिनामा दिएर जनमत संग्रहमा होमिए । बहुदल हार्यो तर ३९ सालमा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भए । ४३ सालको  निर्वाचनमा पनि नरसिंह निर्विरोध निर्वाचित भएका थिए। 

तत्कालिन सर्वमान्य नेता गणेशमान सिंह र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सहयोग आशिर्वाद पाएका उनले वडा भन्दा माथिको नेतृत्व भने कहिलै दाबी गरेनन् ।

०४६ को परिवर्तन पछि उनले २०४९ को स्थानीय निर्वाचनमा काँग्रेसबाट टिकट पाएर निर्वाचित भएका थिए । त्यसपछी ०५६ को स्थानीय निर्वाचनमा पनि उनी निर्वाचित भए । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि ज्ञानेन्द्र सरकारकै मनोनयनमा मनोनित भएका थिए । त्यसपछि पून: ०६२ सालमा मनोनित हुँदै स्थानीय सरकारको नेतृत्व लिएका उनले ०७४ को निर्वाचनमा पनि बिजयी भएका थिए ।

किन पराजित भए त ? 
कुनै पनि निर्वाचनमा युवा जमात निर्णायक हुने गर्छ । अधिकांश नेताले युवा जमातलाई नै चुनाव जित्ने ठूलो अश्त्रको रुपमा लिएका हुन्छन् । व्यञ्जनकारका हकमा पनि त्यहि युवा जमातले साथ छोड्दा पराजय हुनु परेको स्थानीयको बुझाइ छ ।

व्यञ्जनकार नेपालको चर्तित फुटबल क्लव फ्रेण्ड्स क्लवको संस्थापक संरक्षक समेत हुन । क्लव स्थापनाकालदेखि राम्रै सहयोग गर्दै आएका व्यञ्जनकारले राजिब पौडेल अध्यक्ष भएर आएपछि गरेको असहयोग नै यसपालिको पराजयको कारण बनेको स्थानीय बताउँछन् । 

केही समय पहिले फ्रेण्ड्स क्लव र वडा कार्यालय बीच सम्बन्ध बिग्रिएको थियो। कारण थियो क्लवले प्रयोग गर्दै आएको कार्यलय भवन बढाबढमा भाडामा लगाउने निर्णय । सस्तो भाडा तिर्दै आएको क्लव रुष्ट बन्यो । मुद्दा समेत पर्‍यो,  जसको कारण पूर्व खेलाडी समेत रहेका उनकै भतिजलाई स्थानीय यूवाको सपोर्ट रह्यो ।  

उहाँ नराम्रो भएकै कारण पराजए भएको भने होईन, एक स्थानीयले अभियानसंग भने, उहाँ बृद्ध पनि हुनुभयो, स्वास्थ्यले साथ पनि दिँदैन त्यसैले मतदाताले विकल्प खोजेका हुन । उनका प्रतिद्वन्दी रबिन युवा थिए र स्थानीय युवामाझ प्रिय पनि थिए । देशै भरी युवाको नेतृत्व माग भएको छ । त्यसको प्रभाव पनि यहाँ पर्यो अर्का स्थानीयले भने । 

उहाँ झोलामै कार्यलय लिएर घरमैं  गएर सेवा दिने व्याक्ती हो तर अहिलेको अवस्था त्यस्तो छैन । पुरानै ढर्राले नचल्ने भएकै कारण उनको विकल्प खोजिएको स्थानीय बताउँछन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)