ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जसले १३ दिनको प्रचारबाटै आफूलाई निर्वाचित गराए

२०७९ जेठ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

जेठ ८, काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा करीब १ दर्जन उम्मेदवारहरू स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका छन् ।

राजनीतिक दलहरूको चुनाव चिन्ह निर्वाचन आयोगमा दर्ता गर्दै खेरी तय भएपनि स्वतन्त्र उम्मेदवारहरूले भने मनोनयन दर्ता गरिसकेपछि वैशाख १७ गते मात्रै चुनाव चिन्ह पाएका थिए । त्यसको १३ औं दिनमा त मतदान भएको थियो । 

स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह ढिलो पाउने र प्रचार प्रसार गर्न नपाउने भएकाले राजनीतिक दलले स्वतन्त्र उम्मेदवारलाई खासै ठूलो चुनौतिका रुपमा लिन्नथे ।

तर यसपाली भने राजनीतिक दलहरूलाई चुनौति दिने गरी गाउँ/नगर मात्रै होइन उपमहानगर र महानगरमै स्वतन्त्र उम्मेदवारले बाजी मार्ने अवस्था आएको छ ।

अहिलेसम्म निर्वाचित स्वतन्त्र उम्मेदवार मध्ये ६ जना गाउँपालिकाको अध्यक्ष, ३ जना नगरपालिकाको मेयर र २ जना उपमहानगरपालिकाको मेयर रहेका छन् । १ जना उपमहानगर र १ जना महानगरपालिकामा विजयउन्मुख रहेका छन् ।

यो पटक स्थानीय तह निर्वाचनमा मतदान हुनु अघिसम्म सबैभन्दा धेरै पपुलर भएका चुनाव चिन्ह लौरो, भुईंकटहर र आँप हुन् ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका  बालेन्द्र साहले लौरो चुनाव चिन्ह पाएपछि यो चिन्हको चर्चा शुरु भएको थियो ।

भरतपुर महानगरमा सत्ता गठबन्धनले माओवादीलाई मेयर छोडेपछि कांग्रेसबाट असन्तुष्ट नेता कार्यकर्ताको प्रतिनिधित्व गरेर सवतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुईंकटहर चुनाव चिन्ह पाएपछि यो पनि चर्चामा रह्यो । त्यस्तै धनगढी उपमहानगरपालिकामा गोपाल हमालले आँप चुनाव चिन्ह पाएपछि यो पनि चर्चामा रह्यो । 

तर मिडियामा त्यति धेरै चर्चामा नआएपनि देशका दर्जन बढी स्थानीय तहको नेतृत्व लिएका उम्मेदवारले पाएका निर्वाचन चिन्हहरू यस्ता छन् : 

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर निर्वाचित गोपाल हमालले आँप चुनाव चिन्ह पाएका थिए ।

सुनसरीको धरान उपमहानगरपालिकामा निर्वाचित हर्कराज राइले लौरो चुनाव चिन्ह पाएका थिए ।

डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको नेतृत्व लिने कर्मा छोईवेल गुरुङ्ले खरायो चुनाव चिन्ह पाएका थिए ।

जुम्लाको चन्दननाथ नगरपालिकाको नेतृत्व लिएका राजु सिहँ कठायतले धारा चुनाव चिन्ह पाएका थिए ।

त्यसैगरि, भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष निर्वाचित दौलथ कुमार कुलुङले पनि धारा चुनाव चिन्हबाटै चुनाव जितेका थिए ।

त्यसैगरी ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका ज्ञानेन्द्र रुम्दालीले पनि धारा चुनाव चिन्ह पाएका थिए ।

यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा निर्वाचित कमल बहादुर शाहीले हाँस चुनाव चिन्ह पाएका थिए । कालिकोटकै सान्नी त्रिवेणी गाउँपालीकाको अध्यक्ष निर्वाचित मोहनबाहादुर केसीले पुतलि चुनाव चिन्ह पाएका थिए ।

यसैगरि, हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षामा निर्वाचित प्यारी लाल शाहीले पनि हाँस चुनाव चिन्ह पाएका थिए ।

त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित सन्तोष प्रकाश जोशिले पनि पुतली चुनाव चिन्ह पाएका थिए ।

यस्तै, महोत्तरीको बर्दीबास नगरपालिकाको मेयरमा निर्वाचित  प्रहल्लाद कुमार क्षेत्रीले जिराफ चुनाव चिन्ह पाएका थिए । 

जनकपुरधाम उपमहानगरपालिकामा मेयरका उम्मेदवार मनोजकुमार साहले घण्टाघर चुनाव चिन्हमा अग्रता लिएका छन् भने काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले लौरो चुनाव चिन्हमा फराकिलो अग्रता लिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)