ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेनिटरी प्याड उद्योगीलाई अर्थमन्त्रीको आश्वासन : ‘सल्लाह गरेर मात्र निर्णय गर्छु’

२०७९ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सेनिटरी प्याड उद्योगीको टोली अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षमा   
author avatar वेदराज पौडेल

जेठ २७, विराटनगर । विराटनगर–सेनिटरी प्याड उत्पादन गर्दै आएका उद्योगीले अर्थमन्त्रीलाई भेटेका छन् । 

अर्थ मन्त्रालयमा बिहीवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर सेनिटरी प्याड उद्योगीले सरकारले ल्याएको कर नीतिले उद्योग नै बन्द गर्नु पर्ने अवस्था आएको मन्त्रीलाई अवगत गराएका थिए । 

सेनिटरी प्याड उद्योगीहरुको टोलीमा जस्मिन हाइजिनका पुनित सारडा, हेल्थ एण्ड हाइजिनका राजु थापा, एन्जल टच हाइजिनका सन्तोष भुषाल र राजी हेल्थकेयका डोलराज अधिकारीको टोलीले अर्थमन्त्रीलाई कार्यकक्षमै भेट गरेको थियो । 

उद्योगीका कुरा सुनेपछि मन्त्री शर्माले ‘नियत त्यस्तो नभएपनि त्यस्तो पर्न गएको’ प्रतिक्रिया दिएका थिए । उद्योगीहरुले मन्त्री शर्मालाई सबै म्याटेरियलमा एकमुष्ठ १ प्रतिशत भन्सार महसुल बनाएपनि आयात भएर आउने प्याड एक दशमलव ५ प्रतिशतमा आउने भएकाले जम्मा शून्य दशमलव ५ प्रतिशतमात्रै फरकमा उद्योग सञ्चालन हुन नसक्ने बताएका थिए । 

उद्योगलाई सञ्चालनका लागि कम्तिमा आयातित तयारी प्याड भन्दा १० प्रतिशतको फरक हुनुपर्ने माग उद्योगीहरुले राखेका थिए ।   

मन्त्री शर्माले परिपत्र गरेर थप छूट गर्ने अथवा भ्याटमा छूट दिने भन्ने विषयमा सल्लाह गरेर निर्णय गर्छु भन्ने आश्वासन दिएको भेटमा सहभागी जस्मिन हाइजिनका सञ्चालक पुनित सारडाले बताए । 

आयातित प्याडको गुणस्तर परीक्षण हुनुपर्ने, मूल्य र आयातकर्ताका नाम उल्लेख गर्नुपर्ने उद्योगीको मागलाई पूरा गर्ने बताए । भारत र चाइनाबाट बोरामा प्याक भएर आउने र नेपालमा आएर प्याकिङ भएर बजारमा गइरहेका प्याडलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत मन्त्रीले व्यक्त गरे । 

सारडाका अनुसार उद्योगीका सबै कुरा सुनिसकेपछि र नेपालमा उत्पादन हुने प्याड पनि विदेशी सरहनै गुणस्तरको रहेको जानकारी पाएपछि मन्त्री शर्माले ‘केही गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन् । 

मन्त्रीको आवश्वासन पछि प्याड उद्योगीको काठमाडौंको माइतिघर मण्डलामा हुने भनिएको विरोधको कार्यक्रम रोकिएको छ । तर विराटनगरमा भने विरोधको कार्यक्रम जारी रहने सारडाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)