ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले दियो नयाँ प्रजातिको धानलाई मान्यता

२०७९ असार, १  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

१ असार, काठमाडौं । सरकारले यस वर्ष नयाँ जातका धानलाई मान्यता दिएको छ । कृषि अनुसन्धान केन्द्र (नार्क) का अनुसार तराईमा र पहाडमा गरी नयाँ जातको धानलाई यो वर्ष मान्यता दिएको हो ।
कृषि अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता डा.उज्जल कुशवाहका अनुसार तराईका लागि गंगासागर १, गंगासागर २, हर्दिनाथ ५, राधा १४,घयाँ ३, प्रजातिका धानलाई मान्यता दिएको छ भने पहाडका लागि खुमल १२,खुमल १४ र खुमल बासमती १६ प्रजातिका नयाँ धानलाई सरकारले मान्यता दिएको छ ।
यि नयाँ प्रजातिको धान राष्ट्रिय विऊ बिजन समितिबाट पास भइसकेको छ । विशेष किसान र केही शहकारीहरुमा परिक्षण गतवर्षदेखि भएको थियो । यसपटक समितिबाट यस नयाँ प्रजातिको धान पास भइसकेको छ । अब मन्त्रीपरिषद्बाट पास भएर राजपत्रमा प्रकाशित भएपछि मात्र यस प्राजातिका धानले औपचारिक मान्यता पाउने कुशुवालले बताए ।
मध्य पाहाडका लागि तीन किसिमका धानको बिउ रिलिज भएकोले कृषकलाई निकै फाईदा हुने उनले  बताए । ''यस अघि कृषकलाई कुनै अप्सन थीएन र यस कारण किसानहरु अस्थानिय जातहरु, अस्थानिय बासमतिका जातहरु लगउदै आएका थिए । जस्तै पोखरेलि, कालो झिनुवा भयो तर यसपालि हामिले यै बाट खुमल बासमती १६ नामको जात पेस गरेका थियै र सिड बोर्डले पारित गरिसकेको छ । अब आउने दिनमा यो जात बासमति धान लगाउन चाहाने किसानहरुलाई बरदान साबित हुन्छ । किन भने यसको औसत उत्पादननै ४.२ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । साथै यसको पाक्ने अवधि लगभग १३६ दिन रहेको छ । यसको उचाई १०० सियम जति रहेको छ । जसले गर्दा यो धान जुनसुकै खेतमा लगाउदाँ पनि ढल्ने समस्या हुदैन ।
नार्क अन्तर्गतको विउ गुणनियन्त्रण केन्द्रले विभिन्न ठाउँ, भुगोल, हावापानी लगायतको अनुसन्धानपछि मात्र विउलाई छान्ने र छुट्याउने काम गर्छ । त्यसबाट छानिएको धानलाई एउटा विशेष अनुसन्धानको टिम बसेर समिति बनाइन्छ र सरकारलाई सिफारिस गरिन्छ ।
सरकारले पहाडको लागि सिफारिस गरेको खुमल १२ र खुमल १४ प्रजातिका धानलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णयगरी राजपत्रमा समेत प्रकाशितमा ल्याइसकेको छ ।
तराई क्षेत्रमा धेरै नै पानी परेको बेला डुबान हुने ढल्ले र छिटो उम्रिने हुनेहुँदा त्यस क्षेत्रलाई केन्द्रित गरेर यस धानको विकास गरिएको कुशवालले बताए ।
त्यस्तै पहाडको हावापानीमा सुहाउँने र खुमल १२ र खुमल १४ धानलाई सरकारले राजपत्रमै उल्लेख गरिसकेको छ । खुमल १२ र खुमल १४को उत्पादन ४ दशमलव २ मेक्ट्रिटन सम्म उत्पादन दिन सक्ने दाबी नार्कको छ ।
यस प्रजातिको धान हल्का बास्नादारसँगै उत्पादन समेत राम्रो हुने कुशवाह बताउँछन् । त्यसैगरी खुमल बासमती १६ लाई पनि सरकारले यसवर्ष रिलिज गरेको छ । मसिनो धान खान रुचाउनेहरुका लागि भने खुमल बासमति सिफारिस गरिएको उनको भनाई छ ।

यो जात रिलिज हुनु भन्दा अगाडि नै थुप्रै किसानले लागाईसकेका छन् । सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आईरहेको छ कुशवाहले भने ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)