ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानले रोपाईं शुरु गरिसकेपछि सरकारले सिफारिस गर्‍यो नयाँ जातको धानको बिउ !

२०७९ असार, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

असार २, काठमाडौं । सरकारले यस वर्ष नयाँ जातका धानलाई मान्यता दिएको छ । कृषि अनुसन्धान केन्द्र (नार्क) का अनुसार तराई र पहाडका लागि छुट्टाछुट्टै नयाँ जातको धानलाई यो वर्ष मान्यता दिएको हो ।

कृषि अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता डा.उज्जल कुशवाहका अनुसार तराईका लागि गंगासागर १, गंगासागर २, हर्दिनाथ ५, राधा १४, घयाँ ३, प्रजातिका धानलाई मान्यता दिएको छ भने पहाडका लागि खुमल १२,खुमल १४ र खुमल बासमती १६ प्रजातिका नयाँ धानलाई सरकारले मान्यता दिएको छ ।

यी नयाँ प्रजातिको धान राष्ट्रिय बिऊ बिजन समितिबाट पास भइसकेको छ । विशेष किसान र केही शहकारीहरुमा गतवर्षदेखि परीक्षण भएको थियो । अब मन्त्रीपरिषद्बाट पास भएर राजपत्रमा प्रकाशित भएपछि मात्र यस प्राजातिका धानले औपचारिक मान्यता पाउने कुशवाहलले बताए ।

किसानले उत्पादन थालिसके, सरकारको सिफारिस बल्ल

असारमा लगाउने धानको लागि कम्तीमा जेठ पहिलो साता नै बिउ उमार्नु पर्ने हुन्छ । तर सरकारले बिउ सिफारीस गर्नै ढिलाई गर्दा नार्कबाट सिफारीस भएकै बिउ वा नार्कले उपलब्ध गराउने बिउ यो वर्ष किसानले पाउने छैनन् । किसानले आँफुखुसी लगाएको भएपनि सिफारिस भएको बिउको लागि किसानले अर्को वर्ष कुर्नु पर्ने भएको हो ।

यी जातका बिउहरु ब्याड राखेको २५ देखि ३० दिनमा रोप्न योग्य हुन्छन् । यी बिउहरु अनौपचारीक रुपमा धेरै किसानसँग पुगिसकेको भएपनि सरकारले हालै मात्र सिफरिस गरेको हो ।

बाकि ठाउँमा अब अर्को वर्षदेखि सरकारी प्रक्रिया पुरा भैसकेपछि किसानले बिउ विक्री वितरण गर्न पाउनेछन् । हाल किसानसँग यो जातको बिउ उत्पादन भई विक्रीमा छ तर सरकारी प्रक्रिया र सिफारीसमा ढिलाई हुँदा कृषकले आँफुसँग भएको बिउ भने खुल्ला रुपमा विक्री गर्न पाएका छैनन् ।

नयाँ जातका बिउ रिलिज गर्नलाई अनुसन्धान विभागले एक वर्ष अघि प्रपोजल दिएको थियो । विभिन्न सरकारी निकयबाट पारित भईसकेपछि मात्र बिउ सार्वजनिक हुने हुदाँ रिलिजमा ढिलाइ भएको कुशवाहको भनाई छ ।

यो जातका धानको बिउ किसानले चैत तिर नै थाहा पाउनु पर्ने भएपनि विविध कारणले ढिला भएको पनि कुशवाहाले स्वीकारे ।
 

भूगोल हेरेर जात सिफारीस 
मध्य पाहाडका लागि तीन किसिमका धानको बिउ रिलिज भएकोले कृषकलाई निकै फाईदा हुने उनले  बताए । ''यस अघि कृषकलाई कुनै विकल्प थिएन । किसानहरु स्थानीय बासमतिका जातहरु लगउँदै आएका थिए । जस्तै पोखरेलि, कालो झिनुवा आदी । तर यसपालि हामिले खुमल बासमती-१६ नामको जात सिफारिस गरेका छौ । सिड बोर्डले पारित पनि गरिसकेको छ।' उनले अभियानसँग भने ।

यो जात बासमति धान लगाउन चाहाने किसानहरुलाई बरदान साबित हुने पनि उनले दाबी गरे । १ मिटर उचाई भएको १२६ दिनमै तयार हुने यो जातको धान औसत उत्पादननै ४.२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए । धान जुनसुकै खेतमा लगाउदाँ पनि ढल्ने समस्या नहुने पनि उनको भनाई छ ।

त्यस्तै पहाडको हावापानीमा सुहाउने र खुमल-१२ र खुमल-१४ धानलाई सरकारले राजपत्रमै उल्लेख गरिसकेको छ । खुमल-१२ र खुमल-१४ को उत्पादन प्रतिहेक्टर ४ दशमलव २ मेक्ट्रिटन सम्म दिन सक्ने दाबी नार्कको छ ।
यस प्रजातिको धान हल्का बास्नादारसँगै उत्पादन समेत राम्रो हुने कुशवाह बताउँछन् । त्यसैगरी खुमल बासमती १६ लाई पनि सरकारले यसवर्षदेखि सार्वजनिक गरेको छ । मसिनो धान खान रुचाउनेहरुका लागि भने खुमल बासमती उपयुक्त रहेको छ । ‘यो जात सार्वजनिक हुनुभन्दा अगाडि नै थुप्रै किसानले लागाईसकेका छन् । सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आईरहेको छ’ कुशवाहले भने ।

यसरी छनौट हुन्छ बिउ
नार्क अन्तर्गतको बिउ गुण नियन्त्रण केन्द्रले विभिन्न ठाउँ, भूगोल, हावापानी लगायतको अनुसन्धानपछि मात्र विउलाई छान्ने र छुट्याउने काम गर्दै आएको छ। त्यसबाट छानिएको धानलाई एउटा विशेष अनुसन्धानको टिमले सरकारलाई सिफारिस गरिन्छ ।

तराई क्षेत्रमा धेरै नै पानी परेको बेला डुवान हुने, ढल्ने र छिटो उम्रिने हुँदा त्यस क्षेत्रलाई केन्द्रित गरेर फरक धानको विकास गरिएको कुशवालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)