ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकमा लगानीको अवसर : २१ ओटा वाणिज्य बैंकको पीबी रेशियो औसत १.७८ गुणा

२०७९ असार, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको छ । बजार ओरालो लागेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य न्यून विन्दुमा झरेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरूलाई लगानीको अवसर हुने गर्दछ । शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग अध्ययन गरेर लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । आधारभूत पक्षमा एक महत्वपूर्ण सूचक पीबी रेशियो (शेयरको बजारमूल्य र किताबी मूल्यबीचको अनुपात) हो । यो अनुपात हालको बजारमूल्यलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्यले भाग गरेर निकालिन्छ । यो रेशियो ५ सम्म हुनु राम्रो मानिने नेप्सेले आफ्नो शेयर शिक्षामा उल्लेख गरेको छ ।

कम्पनीको बजारमूल्य सामान्यतया किताबी मूल्यभन्दा बढी हुने गर्दछ । पीबी अनुपात लगानीकर्ताहरुले सम्भावित लगानीहरूको पहिचान गर्न प्रयोग गर्ने गर्दछन् । कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्य भनिन्छ । यदि कम्पनी केही कारणबस डुब्ने अवस्था  आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गरिन्छ ।  

हाल नेप्सेमा कारोबार भइरहेका २१ ओटा वाणिज्य बैंकको पीबी रेशियो १ दशमलव ७८ गुणा रहेको छ । यी बैंकमध्ये सबैभन्दा कम पीबी रेशियो नेपाल बैंकको रहेको छ । यो बैंकको पीबी रेसियो १ दशमलव १२ गुणा रहेको छ । सबैभन्दा बढी नबिल बैंकको ३ दशमलव ९४ गुणा रहेको छ । 

पछिल्लो समय बजार घट्दो ट्रेण्डमा रहेको छ । यस्तो अवस्थामा कम्पनीको बुक भ्यालुलाई अध्ययन गरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने शेयर विश्लेषकहरू बताउँछन् । बुक भ्यालु हेरेर कम्पनीले भविश्यमा प्रतिफल कस्तो दिन सक्छ भन्ने पहिचान गर्न पनि सकिन्छ । घट्दो बजारमा कम्पनीका पीबी रेशियोलगायत महत्वपूर्ण आधारभूत पक्षलाई राम्रोसँग अध्ययन गरेर लगानी गरेमा प्रतिफल पनि राम्रो प्राप्त हुने देखिन्छ । २१ ओटा वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य रहेको छ । यो बैंकको शेयरमूल्य प्रतिकित्ता १८३ दशमलव ५० रहेको छ । त्यसैगरी दोस्रोमा कुमारी बैंकको प्रतिकित्ता रू. १९४ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)