ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुलेखानी एडभेन्चर्स : विशाल जलाशयमाथि २० करोड खर्चेर साहसिक खेलको हब बनाइने

२०७९ असार, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतिकात्मक फाेटाे
author avatar प्रतिक्षा कडेल

असार २२, काठमाडौं । कुलेखानी जलाशयमाथि जिप लाइन निर्माण हुने भएको छ । नेपालमै पहिलोपटक विशाल जलाशयमाथि जिप लाइन निर्माण हुन लागेको हो ।

काठमाडौंबाट छोटो दूरीमा रहेको मकवानपुरको पर्यटकीय स्थल कुलेखानीमा साहसिक खेल जिप लाइनसँगै मोटरबोट सेवा दिने गरी कुलेखानी एडभेन्चर्सले काम अघि बढाएको छ ।

आन्तरिक तथा बाहृय पर्यटकहरूलाई लक्षित गरी कुलेखानी इन्द्रसरोवरमा ३५० मिटर लामो जिप लाइन सञ्चालन गर्न लागिएको कुलेखानी एड्भेञ्चरस् प्रालिका सञ्चालक राजकुमार बलामीले जानकारी दिए ।

उक्त  जिप लाइन ५ करोड रूपैयाँ लगानीमा बन्न लागेको हो । यस एड्भेञ्चर्सको मुख्य आकर्षण भनेको तालमाथि बाट जाने जिप लाइन रहेको बलामीले बताए ।

यो जिप लाइनले थाहा नगरपालिका र इन्द्रसरोवरलाई जोड्ने छ । यी ठाउँका आन्तरिक पर्यटकलाई जिप लाइनको अनुभव लिन टाढा जानु पर्ने छैन । आन्तरिक पर्यटनका लागि चल्तीको ठाउँ कुलेखानी जाने पर्यटकले अब भने जलाशयको माथिबाट जिपलाइन यात्रा गरेर छुट्टै अनुभव लिन पाउने बलामीको भनाइ छ ।

यो एउटा साहसिक खेल भएकाले युवा पुस्तामा लोकप्रिय हुने उनको अपेक्षा छ । साथै यसले आन्तरिक तथा बाहृय पर्यटकलाई पनि छुट्टै आनन्द प्रदान गर्नेमा उनी विश्वस्त छन् । 

शुरूवातमा ५ करोड रूपैयाँ लगानीमा जिप लाइन मात्रै शुरु गरे पनि ५ वर्षभित्र २० करोड रूपैयाँ लगानी गरेर धेरै साहसिक खेल शुरु गर्ने बलामीले बताए ।

यस एड्भेन्चर्समा जिप लाइनका साथै sky bridge, फ्रि फल पनि बन्ने भएको छ । पानीमा खेलिने अन्य साहसिक खेल पनि रहेकाले यहाँ घुम्न आउने पर्यटकहरूले धेरै थरी अनुभव लिन सक्ने उनको भनाइ छ ।

त्यसैगरी यो एड्भेन्चर्समा रेस्टुरेन्ट, कफी हाउसका साथै बच्चाहरूका लागि चिल्ड्रेन गार्डेन पनि बन्ने सञ्चालक बलामीले बताए । यो एड्भेन्चरस् हब संचालन गर्नुको मुख्य उद्देश्य एड्भेन्चर मन पराउनेहरूका लागि एकै ठाउँमा धेरै थरीको अनुभव दिनु रहेको उनले बताए ।  दोस्रो चरणमा यहाँ sky साइक्लिङ र जाएन्ट  स्विङ (swing)  पनि शुरु गर्ने उनले बताए। अहिले यो करीब चार रोपनी क्षेत्रफलमा फैलिएको भए पनि पछि अन्य खेल थपिँदा थप क्षेत्रफल चाहिने छ ।

'यसको मुख्य आकर्षण भनेको यो थाहा नगरपालिका र इन्द्रसरोवर गरी दुई ओटा पालिकालाई लक्षित गरेर बनाएका छौं । थाहा नगरपालिकाको टिस्टुङ, पालुङ र दामन र इन्द्रसरोवरको मार्खु र कुलेखली एरियामा डोमेस्टिक टुरिजम एकदमै धेरै बढिरहेको छ । यो थाहा नगरपालिका र इन्द्रसरोवरमा दैनिक ५ हजार देखि ६ हजारसम्म आन्तरिक पर्यटकहरू आउँछन् । त्यसैले यो आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको हो,' बलामीले भने ।

उनका अनुसार अबको ६ महीनाभित्रमा जिप लाइन र फ्रि फल सञ्चालनमा आउने छ । बाँकी साहसिक खेल भने बिस्तारै आउने उनले बताए । उनका अनुसार अबको ५ वर्षभित्रमा १५ देखि २० करोड रूपैयाँ खर्च गरेर एउटा राम्रो एड्भेन्चर destination बनाउने योजना छ। 

उक्त आयोजनाले शुरुमा त्याहाँ १७ देखि २० जनालाई रोजगारी दिने उनले बताए । जिपलाइन, क्याफे, रेस्टुरेन्ट र फ्रि फल हरुमा शुरुवाती चरणमा २० जनासम्मलाई रोजगारी उपलब्ध गराउने उनीहरूको उदेश्य रहेको छ । यहाँ पर्यटकिय गतिविधि बढ्दै गएपछि थप रोजगारी प्रदान गर्ने पनि उनले बताए ।

‘उक्त ठाउँको वातावरण तथा पर्यावरण नबिगारी आन्तरिक पर्यटनलाई प्रचार गर्नु हाम्रो उद्देश्य छ,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले वातावरण र स्थलको अध्ययन भइरहेको छ । उक्त काम सकिएपछि यो एड्भेन्चर हब बनाउन शुरु गर्ने छौं ।’ 

नेपालमा धेरै ठाउँमा जिप लाइन सञ्चालनमा रहे पनि विशाल जलाशयमाथि सञ्चालन हुने यो नेपालकै पहिलो जिप लाइन भएको बलामीको दाबी छ । जलाशयमाथि जिप लाइन यात्रा गर्दा धेरै रोमाञ्चक हुने उनको विश्वास छ ।

‘धुलिखेल र पोखरामा रहेका जिप लाइनहरू डाँडाको माथिबाट छन् भने त्रिशूली जिप लाइन खोलाको माथिबाट सञ्चालन गरिएको छ । तर, कुलेखानी जिप लाइन विशाल जलाशयको माथिबाट सञ्चालन गर्न लागेका छौैं,’  उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)